
काठमाडौं, ११ चैत– सधैं जसो जाम र धुलोले आक्रान्त रहेका ललितपुरवासीले राहतको श्वास फेर्न पाएका छन् । कोटेश्वरदेखि कलंकीसम्मको रिङरोडको बाटो विस्तार अन्तिम चरणमा पुगेको छ । अहिले कोटेश्वरदेखि सानेपासम्म सडक विस्तारको काम सकिएको छ ।

कलंकीदेखि बल्खु, सातदोबाटो हुँदै कोटेश्वर चोकसम्मको १० दशमलब ३९ किलोमिटर सडक ८ लेनमा विस्तार भइरहेको छ । कलकीमा अन्डर पास रोड पनि निर्माण भइरहेको छ ।

चिनियाँ निर्माण कम्पनी संघाई कन्स्ट्रक्सनले यो सडक निर्माण गरिरहेको छ । । सन् २०१३ देखि निर्माण गर्न लागिएको यो सडक देशभरमै अहिलेसम्मकै सबैभन्दा फराकिलो सडक हो । आठ लेनको सडक तीन खण्डमा विभाजित छ । बीचमा चार लेनको सडक रहेको छ । जसलाई ‘एक्सप्रेस वे’ को नाम दिइएको छ । जसमा द्रुत गतिमा गुड्ने सवारी साधनलाई प्राथमिकता दिइने छ ।

सातदोवाटोमा मोबाइल पसल चलाउँदै आएका एक व्यापारले सफा र फराकिलो सडकले गर्दा व्यपारमासमेत प्रभाव पारेको बताउँछन् । “पहिले धुलो र फोहोरले साह्रै गा्रहो बनाएको थियो अहिले भने त्यस्तो छैन सफा र फराकिलो सडक छ धुलो पनि छैन हामिलाई त राम्रो लागेको छ ।”

यस्तै सातदोवाटो चोकमा ट्राफिक व्यवस्थापन गर्दै आएका एक ट्राफिक प्रहरी भन्छन् —“ पहिलाधुलो साह्रै समस्या थियो अहिले धुलोबाट मुक्त भएका त छौ तर तिव्र गतिका गाडिले गर्दा दुर्घटनाका घटना भने बढेका छन् । जसको मुख्य कारण लेनको नियमबारेको अज्ञानताले यस्तो भएको हो ।”







