चर्चित भारतीय हास्यकलाकार सुनील ग्रोवर पछिल्ला दिन कपिल शर्माका साथ ट्वीटरमा विवादका कारण चर्चामा छन् ।
कपिल शर्मासँग केही समय अघि विवाद भएपछि उनले सुनीलले उनको साथ छोडेका थिए । त्यसपछि कपिलको शो ‘द कपिल शर्मा शो’ नै बन्द भएको थियो ।
स्वास्थ्यमा समेत समस्या देखापरेपछि केही समयको आरामपछि कपिलले नयाँ शोको तयारी गरेका छन् ।
यसै विषयलाई लिएर केही दिनअघि मात्रै कपिल र सुनील सामाजिक सञ्जालमा झगडामा उत्रिएका थिए । जसका कारण सुनील र कपिलको चर्चा भएको थियो ।
त्यो चर्चा सेलाउन नपाउँदै सुनिल ग्रोवर फेरि चर्चामा आएका छन् । उनले सामाजिक सञ्जालमा हालेको एउटा फोटोका कारण उनी चर्चामा आएका हुन् ।
ग्रोबरले तरकारी व्यापार गरिरहेको एक तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । जसलाई उनका फ्यानहरुले ट्रोल गरिरहेका छन् ।
सामाजिक सञ्जालमा कपिल शर्माको प्रतिक्रियाका लागि उनले यस्तो फोटा पोटो पोस्ट गरेको चर्चा पनि भइरहेको छ ।
तर भारतीय सञ्चारमाध्यमहरुले भने नयाँ शो को दृश्य हुनुक्ने आकलन गरेका छन् ।
सुनिलको केही सयमपछि आफ्नो नयाँ शोमा देखिने तयारीमा छन् ।
मिडियो रिपोर्टका अनुसार सुनीलको नयाँ शोमा विग वोश विजेता शिल्पा सिन्दे आउनेछिन् । सुनीलको शो कस्तो हुनेछ भन्ने खुलासा भएको छैन ।