२२ असार २०८३, सोमबार

गणेश लामा अझै १० दिन प्रहरी हिरासतमा रहने

गणेश लामा अझै १० दिन प्रहरी हिरासतमा रहने

काठमाडौं, १२ चैत– प्रहरी हिरासतमा रहेका ‘गुण्डा नाइके’ गणेश लामामाथि थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले १० दिनको म्याद थप गरेको छ । 

यसअघि पनि जिल्ला प्रशासन कार्यालयले लामामाथि अनुसन्धान गर्न १० दिनको म्याद दिएको थियो । 

काठमाडौंको गौशालामा गोली चलाएको अभियोगमा प्रहरीले लामालाई चैत ३ गते चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरेको थियो । 

प्रहरीले उनीविरुद्ध हातहतियार तथा खरखजानामा मुद्दामा अनुसन्धान गरिरहेको छ । 

हिरासतमा रहेका लामाले भने प्रहरीले बरामद गरेको पेस्तोल र गोली आफ्नो नभएको बताउँदै आएका छन् । 

नेपाली कांग्रेसले भने लामाको पक्राउको विरोध गर्दै आएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्