११ साउन २०८३, सोमबार

सिन्दूरेजात्राका अवसरमा भैरवीको रथ सेनाले बोक्ने

सिन्दूरेजात्राका अवसरमा भैरवीको रथ सेनाले बोक्ने

नुवाकोट, १२ चैत– सिन्दूरेजात्राका अवसरमा भैरवी मन्दिरको रथ यस वर्ष नेपाली सेनाले बोक्ने तयारी भइरहेको छ । 

सिन्दूर जात्राको अवसरमा परम्परागत रुपमा भैरवी मन्दिरको रथ जिल्लाको लच्याङका बासिन्दाले बोक्ने प्रचलन रहे पनि गत वर्ष रथ बोक्दै आएकाहरुले गुठीको जग्गा रैकर गर्न पर्ने माग राख्दै रथ बोक्न अस्वीकार गरेका थिए । गत वर्ष विदुर नपा–२ नुवाकोटमा रहेको भैरवीको मन्दिरमा जात्रा शुरु भएकै दिन रथ बोक्न अस्वीकार गरेपछि भैरवीको मूर्तिलाई गाडीमा हालेर विदुर नपा–५ देवीघाट लगेर मेला सञ्चालन गरिएको थियो । 

यस वर्ष पनि रथ बोक्नका लागि उनीहरु आउने निश्चित नभएकाले बैकल्पिक व्यवस्था गर्न लागिएको विदुर –२का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले बताए । भैरबी रथयात्रा सञ्चालन गरेवापत उनीहरुले भैरबी गुठीका नाममा रहेको साविक लच्याङका २ र ९ नम्वर बडाबाहेकका सात वटा वडाको जग्गा उपभोग प्रयोग गर्दै आएका छन् ।

गुठीमा रहेको सो जग्गा आफ्नै नाममा दर्ता गराउनुपर्ने उनीहरुको माग पूरा नभएका कारण गत वर्ष उनीहरुले रथ बोकेनन् भने यस वर्ष पनि उनीहरु नआउने निश्चित जस्तै भएपछि जात्रा सञ्चालनमा विकल्प खोजिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । 

भैरवी जात्राको रथयात्रा र मेला व्यवस्थापनका लागि श्रीनाथ गणलाई ५० जनशक्ति उपलब्ध गराउन अनुरोध गरिएको प्रजिअ वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्