०३ असार २०८३, बुधबार

काठको फड्केबाट खसेर एक जनाको मृत्यु

चैत १३, २०७४
काठको फड्केबाट खसेर एक जनाको मृत्यु

जाजरकोट, १३ चैत- नलगाड पहुँच मार्ग निर्माण भइरहेको सडकको बीचमा रहेको नलगाड नदीमा हालिएको लाप्को ( काठको फड्के) बाट खसेर एकजनाको मृत्यु भएको छ । 

जिल्लाको बारेकोट गाउँपालिका–७ का ४० वर्षीय कालीबहादुर नेपालीको आज बिहान मृत्यु भएको बारेकोट गाउँपालिका पशुपक्षी शाखाका प्रमुख गोविन्द सिंहले जानकारी दिनुभयो । 

नलगाड नगरपालिका–५ खाराको बीचमा रहेको नलगाड नदीमा काठको लाप्कोबाट नदी पार गर्दैगर्दा चिप्लिएर नेपालीको मृत्यु भएको सिंहको भनाइ छ । काठमाडौँबाट कमाइ गरी घर खर्च लिएर आएका नेपालीको मृत्यु भएको सिंहले बताउनुभयो ।

निर्माण व्यवसायीको लापर्बाहीले समयमा पहुँचमार्ग निर्माण नहुँदा यहाँका हजारौँ स्थानीयवासीले समस्या भोग्दै आएका छन् । करिब तीन किलोमिटर सडक नलगाड नदीको बीचबीचमा रहेको लाप्कोको भरमा वारपार गर्नुपर्ने हुन्छ ।

यो भन्दा अगाडि दुई महिनाको बीचमा लडेरै तीनजनाको मृत्यु भइसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्