०३ असार २०८३, बुधबार

अवैध सुनसहित चार पक्राउ

अवैध सुनसहित चार पक्राउ

काठमाडौँ, १३ चैत - महानगरीय प्रहरी परिसरले ४७ तोला सुनसहित चार जनालाई पक्राउ गरेको छ । 

परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त गौशालाले आइतबार र सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली तस्करी गरेको आरोपमा धनुषाका महमद सेफुल्ला, सर्लाहीका रवी महतो, सिरहाका रामपुकार महतो र धनुषाका आशिष महतोलाई पक्राउ गरेको छ । 

जसमध्ये सेफुल्लालाई आइतबार र महतोत्रयलाई सोमबार गौशालाबाट पक्राउ गरेको हो । उनीहरुले कतारबाट अवैध रुपमा तस्करी गरेर सुन नेपाल ल्याएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । 

उक्त सुनको नेपाली मूल्य रु २७ लाख ४८ हजार ६७५ रहेको छ । पक्राउ परेका चारै जनालाई आज कानुनी कारबाहीका लागि राजश्व अनुुसन्धान विभाग पुल्चोक पठाएको परिसरले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्