×

छिमेकमा एक हप्ता : संस्मरण

भारतीय कम्युनिस्टको ओरालो यात्रा : 'हम लडेंगे साथी ... !'

चैत १४, २०७४

‘सभी कमरेडोंको हार्दिक स्वागत है !’

७५ वर्षीय एम सुधाकर रेड्डीले हामी बसेको हलभित्र पस्नासाथ हात मिलाए । भारतको सबभन्दा पुरानो कम्युनिस्ट पार्टी भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) का महासचिव रेड्डी शारिरिकरूपमा केही कमजोर देखिए पनि जोशमा कुनै कमी  थिएन । साथमा रहेका राज्यसभाका सांसद तथा पार्टीका सचिव डी. राजासँग केही सोधे र कुराकानी शुरु गरे ।


Advertisment

नेकपा (एमाले) को प्रतिनिधिमण्डलकारूपमा हामी चार जना (प्रचार विभाग प्रमुख योगेश भट्टराई, केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ, प्रचार विभाग उपप्रमुख सूर्य थापा र म) भारतका प्रमुख राजनीतिक दलको प्रचार काम र केन्द्रीय कार्यालय सञ्चालन जान्न मार्च १८ मा त्यहाँ पुगेका थियौँ । कम्युनिस्ट भएका कारण स्वाभाविकरूपमा त्यहाँका कम्युनिस्टहरुले हामीलाई बढी तानेका थिए ।


Advertisment

हामी महासचिव रेड्डीलाई भेट्न भारतको राजधानी दिल्लीस्थित कमरेड इन्द्रजीत राव मार्गमा रहेको सीपीआइको केन्द्रीय कार्यालयमा पुगेका थियौँ । दिवंगत नेताका नाममा राखिएको अजय भवन धेरै नेपाली कम्युनिस्टहरुका लागि अपरिचित छैन । चार दशकअघि बनेको उक्त भवनमा रात बिताउने कम्युनिस्टहरु धेरै छन् । संयोगले हाम्रा टोली नेता योगेश भट्टराई पनि एक रात त्यहाँ सुतेका रहेछन् ।

कार्यालयमै अतिथि गृह छ, जहाँ नेता–कार्यकर्ता बस्छन् । ‘बैठक हुँदा प्याक हुन्छ, अघिपछि पनि कमरेडहरु हुनुहुन्छ’, डी राजाले हामीलाई भने, ‘पहिलेदेखि नै हामीले यो मेन्टेन गरेका छौँ ।’

अचेल भारतीय कम्युनिस्टहरुका कार्यालयमा युवाभन्दा बृद्धहरु धेरै भेटिन्छन् । कुनै विश्वविद्यालयबाट भ्रमणमा आएका एक हुल विद्यार्थी प्रांगणमा भेटिए, हामीले उनीहरुलाई पनि राखेर तस्वीर खिचायौँ ।

सुधार रेड्डीले थोरै कुरा बोले, दुई देशका कम्युनिस्ट पार्टीका बारेमा । अनि बोल्नका लागि डी. राजालाई भने । उनी चाहिँ नेपालको मामिलाका बारेमा जानकार छन् । नेपालको जनआन्दोलनका बेलामा भारतमा ऐक्यबद्धता समूह बनाएर सहयोग गर्नेहरुमा उनी अग्रपंक्तिमा थिए । बेलाबेलामा नेपाल पनि आइरहन्छन् । नेपालमा दुई ठूला कम्युनिस्ट पार्टी एक हुन लागेकोमा उनले खुसी व्यक्त गरे र आफ्नो देशका बारेमा थोरै बोले, ‘हो, हामीले अपेक्षित सफलता हासिल गर्न सकेनौँ । चुनावमा हामीले हारेका छौँ, तर राजनीतिमा हारेका छैनौँ ।’

हालै त्रिपुरामा सम्पन्न विधानसभा निर्वाचनले कम्युनिस्टहरुलाई नराम्रो धक्का दिएको छ । २५ वर्षदेखि भाकपा (माक्र्सवादी) का सादगी नेता माणिक सरकारले नेतृत्व गरेको वाम गठबन्धन यसपटक प्रतिपक्षमा पुगेको छ । आश्चर्यको कुरा के छ भने ६० सदस्यीय विधानसभामा पाँच वर्षअघिको निर्वाचनमा शून्य सिट ल्याएको भारतीय जनता पार्टीले यसपटक एक्लै बहुमत ल्याएको छ । पश्चिम बंगालमा सात वर्षअघि नै तीन दशक पुरानो किल्ला कम्युनिस्टहरुको हातबाट फुत्किसकेको छ ।

भारतका कम्युनिस्ट पार्टीहरुमध्ये सबभन्दा बलियो र ठूलो भाकपा (माक्र्सवादी) छ । एके गोपालन् भवनमा रहेको केन्द्रीय कार्यालयमा महासचिव सीताराम यचुरीसँग भेट्दा पनि लगभग उस्तै कुरा भए ।

नेपालका नजिकका मित्र र परिचित मानिने यचुरीले मुख्य नेताहरुको हालचाल सोध्न छुटाएनन्, एकताको प्रशंसा गरे । अर्को महिना (अप्रिल) को मध्यतिर महाधिवेशन गर्न गइरहेका उनीहरुलाई हामीले सोध्यौँ, ‘तपाईंहरु चाहिँ किन एक हुन सक्नुहुन्न ?’

सीताराम यचुरीले लामो ब्याख्या गरे र अन्त्यमा भने, ‘नेपालको घटनाले हामीलाई पनि प्रेरित गरिरहेको छ । हामी एकताका लागि खुल्ला छौँ र महाधिवेशनबाट ठोस नीति ल्याउने छौँ ।’

महाधिवेशनमा प्रस्तुत गरिने आफ्नो दस्तावेजमा पनि सीपीआई (एम) ले नेपालको कम्युनिस्ट एकताको मुक्तकण्ठले प्रशंसा गरेको छ । (हेर्नूस् बक्स) 

यसअघि भारतीय संसद्मा कम्युनिस्टहरुको उपस्थिति राम्रो थियो । सीताराम यचुरी स्वयम् १२ वर्षसम्म संसद् सदस्य (राज्यसभा) थिए । ‘अहिले तपाईं हुनुहुन्न ?’ भन्ने प्रश्नमा उनले पार्टीभित्रको कुरा लुकाएनन् र भने, ‘कंग्रेस (आई) ले म उम्मेदवार भएमा आफ्नो उम्मेद्वारी नदिने भनेको थियो तर हाम्रो पार्टीले मानेन ।’

सन् २००४ मा भारतीय संसद्मा ६१ जना कम्युनिस्टहरु थिए । अहिले त्यो संख्या ११ झरेको छ । डा. मनमोहन सिंह नेतृत्वको युनाइटेड प्रोग्रेसिभ एलाइन्सबाट सन् २००८ मा हात झिकेयता कम्युनिस्टहरुको यात्रा ओरालो लागेको छ । शुरुमा पश्चिम बंगाल गुम्यो, अहिले त्रिपुरा गुम्यो, अब उनीहरुसँग केरला मात्रै बाँकी छ, जुन ती दुई राज्यजति बलियो मानिँदैन ।

भाकपा (माक्र्सवादी) भित्र कांग्रेससँगको सम्बन्धका बारेमा विवाद छ । महासचिव यचुरीले गत जनवरी १९ देखि २१ सम्म कोलकत्तामा भएको केन्द्रीय समिति बैठकमा सत्तारुढ भाजपालाई हराउन कांग्रेससँग मिलेर चुनावमा जाने प्रस्ताव गरेका थिए । भाजपालाई अतिवादी, साम्प्रदायिक, धार्मिक र फासिस्ट शक्ति भन्दै उनले त्यसलाई हराउन धर्मनिरपेक्ष कंग्रेससँग गठबन्धनमा जानुपर्छ भन्दै राखेको प्रस्ताव उनकै पार्टीका पूर्वमहासचिव प्रकाश करातलाई मन परेन र फरक मत राखे । केन्द्रीय कमिटीमा मतदान हुँदा यचुरी पराजित भए, करातको लाइनले जित्यो । तर, त्यही लाइनका कारण चुनावमा चाहिँ पार्टीले जितेन । 

यचुरीले आफ्नो पार्टीभित्रको यो विवाद हामीसँग लुकाएनन् । ‘तपाईंहरुलाई थाहै छ, कम्युनिस्ट पार्टीभित्र विवाद हुन्छ, मत–विमत हुन्छ’, उनले भने, ‘हाम्रो आधिकारिक लाइन कंग्रेससँग मोर्चा नबनाउने भन्ने छ । यससम्बन्धी अन्तिम निर्णय आगामी महाधिवेशनले गर्नेछ ।’

त्रिपुरामा हारेपछि पार्टीमा यचुरीका पक्षमा मत बढेको भारतीय सञ्चारमाध्यमहरुको विश्लेषण छ भने करातको लाइनको आलोचना बढेको छ । ‘द प्रिन्ट’ अनलाइनमा कुमार केटकरले त भारतीय कम्युनिस्टहरुका हालसम्मका तीन गल्तीमध्ये कंग्रेससँग मोर्चा नबनाउनुलाई पनि राखेका छन् । उनी लेख्छन्, ‘१९४२ मा अंग्रेजका विरुद्धको भारत छोडो आन्दोलनलाई समर्थन नगर्नु र सन् १९७५ मा इन्दिरा गान्धीको संकटकाललाई समर्थन गर्नु जस्तै हो, अहिले कंग्रेससँग मोर्चा नबनाउने भाकपा (माक्र्सवादी) को निर्णय ।’

भारतीय सत्तारुढ दलबाट कम्युनिस्टहरु आतंकित छन् । त्रिपुरामा चुनाव जित्दा भाजपाका कार्यकर्ताले लेनिनको शालिक ढालेको उदाहरण दिँदै यचुरीले हामीसँग भने, ‘यहाँ त मतदानदेखि नै गडबड शुरु हुन्छ । चुनाव हारेपछि पनि सुख पाइँदैन ।’ आफ्नो पार्टीको जनाधर नखस्केको तर जम्मा एक प्रतिशत मतदाताले रुझान फेर्दा परिणाम अनपेक्षित आएको विश्लेषण उनले सुनाए । नेपालमा जनमतमा एमाले र कांग्रेस बराबर जस्तै भए पनि प्रत्यक्षमा कांग्रेसको थोरै सिट आए जस्तै अवस्थामा त्रिपुरामा रहेको उनले सुनाए ।

नेपालमा इलेक्ट्रोनिक भोटिङ मेसिन (इबीएम) प्रणाली मार्फत निर्वाचन हुने गरेको र त्यसमा भारतले सहयोग गरेको यचुरीलाई परेको रहेछ । इबीएम प्रणाली छैन भन्ने थाहा पाएपछि उनले ठट्टा गरे, ‘नही तो उधरका भोट भी मोदीको आएगा ।’ 

भारतमा इबीएम प्रणालीमाथि भाजपाबाहेकका प्रायः सबै दलले प्रश्न उठाएका छन् । सन् २०१९ मा हुने लोकसभा निर्वाचनमा एबीएम खारेज गर्नुपर्ने उनीहरुको माग छ ।

भाकपाको केन्द्रीय कार्यालयमा राखिएको ‘हम लडेंगे साथी....’ कविताले देखाउँछ, भारतीय कम्युनिस्टहरु सुस्ताए पनि थाकेका छैनन् । 

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x