
काठमाडौं, १४ चैत– काठमाडौंको नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
काठमाडौं उपत्यकामा सडक विस्तार गर्दा पुरातात्विक महत्वका सम्पदा र पुराना घरहरु भत्काइएको भन्दै विरोधस्वरुप उपत्यकाका विभिन्न जातीय समुदायका अगुवाले गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।
काठमाडौंको माइतीघरबाट नयाँ बानेश्वर पुगेका प्रदर्शनकारीलाई रोक्न खोज्दा प्रहरीसँग झडप भएको हो । संसद भवनतर्फ जान लागेका प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोजेपछि उनीहरुले प्रहरीमाथि ढुंगा–मुडा प्रहार गरेका थिए ।
प्रहरीसँगको झडपमा ५ जना प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुको नयाँ बानेश्वरस्थित एभरेस्ट हस्पिटलमा उपचार भइरहेको छ ।
प्रहरीले नयाँ बानेश्वरबाट ९ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।