२१ जेठ २०८३, बिहीबार

अस्थायी शिक्षकको परीक्षा नरोकिने

चैत १५, २०७४
अस्थायी शिक्षकको परीक्षा नरोकिने

काठमाडौँ, १५ चैत— चैत २३ लाई तोकिएको अस्थायी शिक्षकको परीक्षा रोक्न माग गर्दै राजधानीमा शिक्षक र विद्यार्थीको दुइटा अनशन चलिरहे पनि शिक्षक सेवा आयोगले नरोकिने जनाएको छ ।

आयोगको कार्यालय भक्तपुर, सानोठिमीमा बुधबार पत्रकार सम्मेलन गरेर अध्यक्ष ताना गौतमले परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए ।

‘परीक्षा बिथोल्न खोजिएको छ, शिक्षा ऐन कार्यान्वयन गर्ने काम आयोगको हो,’ आन्दोलनरत पक्षतर्फ संकेत गर्दै उनले भने, ‘कानुनको पालना गर्न पनि तोकिएको परीक्षा गर्नैपर्छ ।’ आयोगका अनुसार देशभरका ५ जिल्लाका एक सय १६ परीक्षा केन्द्रमा २३ गते दिउँसो १ बजेबाट अस्थायी शिक्षकहरूको परीक्षा हुनेछ ।

शतप्रतिशत अस्थायी शिक्षकलाई सामान्य प्रक्रियाबाट स्थायी गरिनुपर्ने माग राखेर २ शिक्षक र खुला प्रतिस्पर्धाबाट मात्रै शिक्षक स्थायी गरिनुपर्ने मागसहित शिक्षाशास्त्र संकायमा अध्ययनरत ३ विद्यार्थी अनशनमा छन् ।

शिक्षक र विद्यार्थी दुवैले तोकिएको परीक्षा रोकेर नयाँ प्रक्रियामा जानुपर्ने माग राखेका हन् । अनशनरत पक्षको माग सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलको संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति गठन गरेको छ । 

आयोग अध्यक्ष गौतमले धेरै शिक्षक परीक्षा दिन तयार भए पनि ऐनमा नसमेटिएकाहरूले आन्दोलन गरेर परीक्षा बिथोल्न खोजेको आरोप लगाए ।, कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्