१२ असार २०८३, शुक्रबार

ऋतिकले आँखादान गर्ने

कात्तिक २०, २०७४
ऋतिकले आँखादान गर्ने
काठमाडौँ- केही दिनअघि मात्र रिलिज भएको फिल्म ‘काबिल’मा अभिनेता ऋतिक रोशनले दृष्टिविहीन व्यक्तिको भूमिका निर्वाह गरेका छन् ।ritik_1
यो फिल्म गरेपछि ऋतिकले बारम्बार आफू दृष्टिविहिन व्यक्तिप्रति भावुक भएको बताउँदै आएका पनि छन् । यही कारण हुनुपर्छ, फिल्म आएपछि नै ऋतिकले आँखादान गर्ने निर्णय गरेका छन् । भारतीय मिडियाका अनुसार ऋतिकले यो निर्णय सार्वजनिकचाहिँ गरेका छैनन्, नयाँ पत्रिकाले खबर छापेको छ |

भनिएको छ, ऋतिकले यो निर्णय आफ्नो ४३औँ जन्मदिनमा लिएका हुन् । त्यसो त मुम्बईको एक अस्पतालले काबिलको ट्रेलर सार्वजनिक भएपछि ऋतिकलाई नै आँखादान गर्नका लागि फोन गरेको थियो । उता, ऋतिकको यो निर्णयको किन प्रशंसा गरिएको छ भने उनले यसलाई फिल्म ‘प्रमोसन’मा चाहिँ प्रयोग गरेनन् ।

salt training

कमेन्ट गर्नुहोस्