०३ असार २०८३, बुधबार

स्थानीय तहमा कर्मचारी व्यवस्थापन सुरु, प्रदेश र संघको दरबन्दी टुंगो लाग्न बाँकी

चैत १७, २०७४
स्थानीय तहमा कर्मचारी व्यवस्थापन सुरु, प्रदेश र संघको दरबन्दी टुंगो लाग्न बाँकी

काठमाडौं, १७ चैत-  सरकारले ७ सय ५३ स्थानीय तह र ७७ वटा जिल्ला समन्वय समितिमा गरी कुल ५७ हजार ३ सय ५४ कर्मचारी दरबन्दी स्वीकृत गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अब सोहीअनुसार कर्मचारी व्यवस्थापन प्रक्रिया थालिएको जनाएको छ।

सरकारले सबैभन्दा पहिला स्थानीय तहमा रहने कर्मचारीको टुंगो लगाए पनि संघ र प्रदेशमा आवश्यक कर्मचारीको अन्तिम टुंगो लाग्न बाँकी छ। जनप्रतिनिधि आएको १० महिना बितिसक्दासमेत सरकारले आवश्यक कर्मचारीको दरबन्दी टुंगो नलगाउँदा स्थानीय तहमा कर्मचारी कसरी खटाउने समस्या रहँदै आएको थियो। बुधबारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहमा आवश्यक कर्मचारीको दरबन्दी टुंगो लगाएपछि अब सोहीअनुसार कर्मचारी व्यवस्थापन थालिएको संघीय मामिला मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए।

सरकारले स्थानीय तहको कर्मचारी दरबन्दी स्वीकृत गरेसँगै जिल्लास्थित कृषि सेवा केन्द्र र स्वास्थ्य चौकीका गरी १९ हजार ५ सय ५८ जना कर्मचारी स्थानीय तहमै समाहित हुने भएका छन्। जिल्लास्थित विभिन्न सरकारी कार्यालयका १६ हजार ८० जना कर्मचारी पनि स्थानीय तहमा समाहित हुनेछन्, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्