२८ असार २०८३, आइतबार

विराट गोल्डकप आजदेखि शुरु, पहिलो खेल मोरङ र थिम्पुबीच हुने

चैत १७, २०७४
विराट गोल्डकप आजदेखि शुरु, पहिलो खेल मोरङ र थिम्पुबीच हुने

विराटनगर, १७ चैत– विराट गोल्डकप फुटवल प्रतियोगिताको पाँचौ संस्करण आजदेखि शुरु हुँदैछ । विराटनगरको शहीद मैदानमा आयोजना हुने प्रतियोगिता फ्लडलाईटमा साँझ ६ बजेदेखि शुरु हुने तयारी छ । 

आजको उद्घाटन खेलमा अयोजक मोरङ ११ र थिम्पु फुटवल क्लव भुटान भिड्दैछन् । प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी १० वटा टिम सहभागी हुनेछन् । नेपाल बाहिरका भुटानको थिम्पु फुटबल क्लब र भारतको  मोहम्डन स्पोर्टिङ क्लब कलकत्ता प्रतियोगितामा सहभागी हुने छ । 

मनाङ मस्र्याङदी, सशस्त्र प्रहरी, थ्रीस्टार, नेपाल पुलिस क्वल, नेपाल आर्मी क्लब, संकटा क्लब, झापा–११ र  मोरङ–११ गरी आठ वटा फुटबल टिमले भाग लिने विराट गोल्डकप आयोजक समितिका संयोजक नवीन रिजालले जानकारी दिए ।  

प्रतियोगिताको उद्घाटनको अवसरमा १२ वर्ष मुनिका ५० खेलाडीसँग राष्ट्रियस्तरका खेलाडीले मनोरञ्जनात्मक खेल प्रदर्शन गर्नेछन् । प्रतियोगिताको विजेताले १२ लाख ७१ हजार र उप–विजेताले ५ लाख ५१ हजार राशिको नगद पुरस्कारसहित कप प्राप्त गर्ने छ । 

प्रत्येक दिनहुने खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई १० हजार नगद पुुरस्कार सहित सिल्ड तथा म्यान अफ द टुर्नामेन्ट हुने खेलाडीलाई मोटरसाइकल सहित पदक प्रदान गरिने रिजालले बताए । प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र टिम मध्येका उत्कृष्ट सबैलाई २५/२५ हजार राशीको पुरस्कार प्रदान गरिने जनाइएको  छ ।

विराट गोल्डकप पहिलो पटक दिवा एवं रात्रीकालिन समयमा संचालन गर्न लागिएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्