
भारतीय सेलिब्रेटी र अभिनेताहरुको जीवन शैलीका बारेमा आम रुपमा चासो व्यक्त गरिन्छ ।
उनीहरुको जीवन शैलीलाई उनीहरुले प्रयोग गर्ने गाडी र त्यसको मूल्यले पनि कही जानकारी दिन सहयोग पुग्छ ।
शाहरुख खानले सबैभन्दा महंगो गाडी चढ्छन् ।
कसले कती महंगो गाडी चढ्छन् त ?
अक्षय कुमार
अक्षय कुमारसँग चार बटा गाडी छन् । उनीसँग रोल्स रोइस फ्यान्टोम छ । यसका साथै उनीसँग रेंज रोवर, पेसर्सिच क्यानी, बेन्दटी लगायतका गाडी छन् ।
श्रद्धा कपुर
ओके जानूकी अभिनेत्रीले हालसालै ७४ लाखको नयाँ गाडी खरिद गरेकी छिन् ।
दीपिका पादुकोण
दीपिका पादुकोण पनि गाडीको शोखिन छिन् । उनीसँग ओडी क्यू ७ छन् जसको मूल्य लगभग ८० लाख पर्छ । यससँगै उनीसँग अडी ए ८ पनि छ जसको मूल्य करिब १.५ करोड रहेको छ ।
रितिक रोशन
काबिलका अभिनेता पुराना खालका गाडीका सोखिन हुन् । उनी मर्सिडीज बेंज एस ५०० चढ्छन् । उनीसँग जगुआर एक्स, जे लगायतका अन्य गाडी समेत छन् ।
सलमान खान
सलमान खान कार तथा मोटरसाइकलका शौखिन हुन् । उनीसँग बीएमडब्ल्यू, एक्स ६, लेंड रोबर, रेंज रोबर इवोक, अडी आर ८, लगायतका गाडी छन् ।
अमिताभ बच्चन
अमिताभसँग लगभग २५ कार छन् । यसका लागि बच्चन परिवारसँग ३.५ करोडको रोल्स फ्यान्ट्रम रहेको छ ।
शाहरुख खान
बलिउड किंग खानसँग देशकै सबैभन्दा महंगो कार रहेको छ । उनको ग्यारेजमा ओडी, बीएमडव्ल्यू तथा मसिैडिज व्याण्डका गाडी छन् । यसका साथै उनी बुगाटी वेरनका मालिक पनि हुन्, जसलाई १२ करोडमा खरिद गरेका हुन् ।