
काठमाडौं, १८ चैत– केन्द्र र प्रदेशमा गरी देशमा ६ दर्जन मन्त्री नियुक्त भइसकेका छन् । अझै कम्तीमा १७ मन्त्री थपिँदै छन् । नेताको व्यवस्थापन गर्न सरकारी सेवा–सुविधा पाउने संसदीय समिति बढाउने योजनामा पनि दलहरू छन् ।
संविधानको व्यवस्थाअनुसार केन्द्र सरकारको मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय हुनेछ । प्रधानमन्त्रीसहित २२ सदस्य नियुक्त भइसकेका छन् । प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किएपछि तीन मन्त्री थप्ने तयारी छ ।
संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा सहभागी गराउन ओलीले पहल गरिरहेका छन् । सबै प्रदेश सरकारले पनि पूर्णता पाएका छैनन् । सात प्रदेशमा अहिलेसम्म ४९ मन्त्री नियुक्त भइसकेका छन् । १४ मन्त्री अझै थपिँदै छन् । केन्द्र र प्रदेश गरी हालसम्म ७१ मन्त्री नियुक्त भइसकेका छन् ।
प्रदेशन १ मा ५ मन्त्री थप्न बाँकी छ । प्रदेश ७ मा १ मन्त्री थप्न बाकी छ । प्रदेश २ मा तीन मन्त्री थप्ने तयारी छ । प्रदेश ४ मा ४ मन्त्री थप्ने तयारी छ ।, नयाँ पत्रिकामा खबर छ ।