३० जेठ २०८३, शनिबार

विराट गोल्डकप : तामझामका साथ शुरु, मोरङ- ११ क्वाटर फाइनलमा

चैत १८, २०७४
विराट गोल्डकप :  तामझामका साथ शुरु, मोरङ- ११ क्वाटर फाइनलमा

विराटनगर, १८ चैत– मोफसलमै पहिलो पटक फ्ड लाइटबाट विराट गोल्डकप प्रतियोगिता शुरु भएको छ । शनिबारको उद्घाटन खेलमा आयोजकले पाहुना टोली थिम्पु फुटवल क्लब भुटानलाई हराएको छ । 

प्रतियोगितामा मोरङ– ११ ले थिम्पु एपसीलाई २–० गोल अन्तरले पराजित गर्दै मोरङ क्वाटरफाइनलमा पुगेको हो । भुवन बस्नेत र निशान लिम्बुको गोल नै मोरङ ११ को जितको आधार बन्यो । 

१२ लाख ७१ हजार राशीको प्रतियोगिताको उद्घाटन खेल भब्य गरिएको थियो । प्रतियोगिताको म्यान अफ द म्याच मोरङ ११ का निशान लिम्बु भएका छन्  । लिम्बुले नगद १० हजार प्राप्त गरेका छन् । 

प्रदेश सरकारको घोषणा
गोल्डकपको उद्घाटन गर्दै एक नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले गोल्डकपलाई प्रदेशकै उत्कृष्ट गोल्ड कप बनाउन सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले दिवा रात्री प्रतियोगिताको रुपमा विराटनगरबाट शुरु भएको अभियानलाई स्थायित्वको लागि प्रदेश सरकारले सहयोग गर्ने घोषणा गरे । 

विराट गोल्डकपका लागि विराटनगर स्थित  शहीद रंगशालामा स्थायी रात्री वत्ति  जडान गर्न सहयोग  गर्ने उद्घोष गरे । गोल्डकप आयोजक समितिले अस्थायी फ्लड लाईट जडान गरेर पहिलो पटक डे नाईट  प्रतियोगिता आयोजना गरेको हो । 

एक नम्बर  प्रदेशकका समाजिक विकास मन्त्री जीवन घिमिरेले ऐतिहासिक विराट गोल्डकपलाई नमूना गोल्डकप बनाउनका लागि मन्त्रालयले सहयोग गर्ने बताए । उनले हरेक वर्ष प्रदेशका उत्कृष्ट खेलाडीलाई सरकारले सम्मान गर्ने नीति बनाइरहेकोले  गोल्डकपका खेलाडीहरुलाई उत्कृष्ट बन्न आग्रह गरे ।


विद्यार्थीको प्रदर्शन 
उद्घाटन सत्रमा विभिन्न विद्यालयका १२ वर्ष मुनिका ५० जना बाल खेलाडीहरुले फुटबल खेल प्रर्दशन गरेर सबैलाई रोमाञ्चित बनाए । उद्घाटनलाई भव्य बनाउन  गायक सुमित खडकाले गोल्कपको गीत प्रस्तुत गरे । भने  नागी डान्स सेन्टरका कलाकारहरुले देशभक्त्ति गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

उद्घाटनमा फिफा, एन्फा र नेपालको झण्डा र बेलुन  उडाइएको थियो । खेल शुरु हुनै लाग्दा अन्तराष्ट्रिय खेलको झल्को दिने गरि आतिसवाजी गराइएको थियो । आकाश नै रंङ्गीने गरी भएको आतिवाजीले दर्शलाई हौस्याएको थियो । 


उद्घाटनमा तामझाम
चारैतिर झिलीमिली उज्यालोका बीच प्रतियोगिता शुरु भयो । दिउँसो हो या राती दर्शकलाई कुनै प्रवाह नै थिएन । यही बीचमा  शुरु भयो विराटनगरको मुटुमा रहेको सहिद रंगशालामा विराट गोल्डकप ।

दिउँसो ४ बजेदेखि नै शुरु गरेर ५ बजेदेखि प्रतियोगिता शुरु गर्ने आयोजकको तयारी भएपनि मुख्यमन्त्री लगायतका पाहुनाहरु आउन ढिला हुँदा कार्यक्रम दुईघण्टा ढिला गरि शुरु भयो ।  रात पर्दै जाँदा कसरी खेल होला भन्ने दर्शकलाई निक्कै उत्साह थियो । 

त्यसैले पनि उद्घाटन खेलमा नै दर्शकको थामि नसक्नु भिड थियो । मोफसलमा पहिलो पटक फ्लड नाईटको माध्यामबाट आयोजना गरिएको डेनाईट फुटवल प्रतियोगितामा दर्शको ध्यान तानिएको हो ।

काठमाण्डौको दशरथ रंगशालामा बन्द भइसकेको रात्री खेलकुद प्रतियोगिता विराटनगरले शुरु गर्नु विराटनगरको लागि खुसीको कुरा भएको आयोजक समितिका उपाध्यक्ष सन्तोष बानियाँले बताए । आयोजक मोरङ ११ र भुटानको थिम्पु फुटवल क्लबको खेल हेर्नको लागि दर्शको भिड लागेको थियो । 

फिफा, एन्फा र नेपालको झण्डा र बेलुन उडाएसँगै खेल शुरु हुनै लाग्दा अन्तराष्ट्रिय खेलको झल्को दिने गरि विराटगोल्डकपमा आतिसवाजी गरिएको छ ।  आकाश नै रंङ्गिने गरि भएको आतिवाजीले दर्शलाई हौस्याएको छ  ।
 

salt training

कमेन्ट गर्नुहोस्