३२ असार २०८३, बिहीबार

चैतपछि राजधानीका सडकमा खाल्डाखुल्डी देख्न नपाइने !

चैतपछि राजधानीका सडकमा खाल्डाखुल्डी देख्न नपाइने !

काठमाडौं, १८ चैत– सरकारले राजधानीका सडकहरुमा रहेका खाल्डाखुल्डी पुर्ने कार्यलाई तिब्रता दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले राजधानीका विभिन्न सडकहरुमा रहेका खाल्डाखुल्डी चैतभित्र पुर्न निर्देशन दिएसँगै सडक विभागले  धमाधम खाल्डाखुल्डी पुर्न लागेको हो । 

सडक विभागका प्रवक्ता मुक्ति गौतमले चैत भित्रमा सडक विभागभित्र पर्ने कुनै पनि सडकमा खाल्डाखुल्डी नहुने दाबी गरे । 

तर राजधानीका सबै सडकहरु सरकारी निकायको मात्रै जिम्मामा नभएकाले सबै सडकका खाल्डाखुल्डी भने पुरिन नसक्ने देखिएको छ ।  

विभागका प्रवक्ता गौतमले राजधानीका सबै सडक आफ्नो जिम्मा नभएको र अरु निकायले गरेका काम जानकारीमा पनि नभएको बताए ।

सरकारले सडक निर्माणका लागि राजधानीमा मात्रै ४ वटा निकायले अख्तियारी पाएका छन् । 

राजधानिका सडक निर्माणमा सबै निकायले आफ्नो तरिकाले काम गरिरहने र समन्वय पनि नभएको उनले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्