३० असार २०८३, मंगलबार

चीन, जापान र जर्मनीको घेराबन्दीमा ट्रम्प !

कात्तिक २०, २०७४
चीन, जापान र जर्मनीको घेराबन्दीमा ट्रम्प !
काठमाडौं, २० माघ–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जर्मनी, जापान र चीनको घेराबन्दीमा परेका छन् ।

एका तर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प‘अमेरिका फस्र्ट’ भन्दै मुक्त बजार व्यवस्थाको नियन्त्रिक गर्ने भनिरहेका छन् । त अर्को तर्फ विश्वका अन्य नेता भने कारोबार तथा व्यापारका क्षेत्रमा ट्रम्पले दिएको धम्कीको सामना गर्न एकजुट भएका छन् ।

ट्रम्पले जर्मनी तथा जापान विदेशी मुद्रा विनमिय बजारलाई प्रभावित गरेर आफ्नो हितमा व्यापारका नियम बनाउन लागि परेको आरोप लगाएका थिए । यसमाथि प्रतिक्रिया जनाउँदै जापानका प्रधानमन्त्री सिन्जो आवे तथा जर्मनीका चान्सलर एन्जेला मार्केल एक ठाउँमा उभिएका छन् । यस्तो लागिरहेको छ की विश्वका कयौं देशका प्रमुखहरु ट्रम्प विरुद्ध उत्रिएका छन् ।

यूरोपियन काउन्सिलमा विदेशी सम्बनधका निर्देशक मार्क लेनर्द भन्छन्, ‘ट्रम्पका साथ ठूलो टकराब हुने अवस्था आएको छ । ट्रप अमेरिका पहिलोको एजेण्डामा अगाडि बढ्नका लागि चीन तथा बाँकी देशसँग बेमतलवबका भू राजनीतिक उक्सावटमा लागेका छन् ।’

ट्रम्प कार्यालय शुरुवाती दिनबाट नै झगडा तथा विवादमा तानिएको छ । यति मात्र होइन ट्रम्पको अहिलेसम्मको काम विवादित बनेको छ । जसका कारण विश्व व्यापार तथा मुद्रामा तनाव बढेको आभास भएको छ ।

अमेरिका बहुपक्षीय सम्झौताको सट्टा द्विपक्षीय सन्धिलाई महत्व दिएर अगाडि बढेको छ । यी कदहरुका बीच अमेरिका बाहेका शक्तिशाली राष्ट्रहरु नयाँ गठबन्धन र समीकरणको तलाशमा जुटेका छन् । एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्