२९ असार २०८३, सोमबार

वायुसेवा निगमले किन्ने भयो ८ जहाज

वायुसेवा निगमले किन्ने भयो ८ जहाज

काठमाडौं, २० चैत– नेपाल वायुसेवा निगमले ६ वटा ट्वीनअटर र थप २ वटा वाइड बडी जहाज गरी ८ जहाज  खरिद गर्न लागेको छ । 

काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै निगमका प्रवन्ध निर्देशक शुगतरत्न कंशाकारले पुराना जहाज प्रतिस्थापन गर्दै नयाँ विमान खरिद गर्न लागिएको बताए । 

फान्सको कम्पनीसँग खरिद सम्झौता भएको वाइडबडि विमान आगामी जेठसम्म आइपुग्ने उनको भनाइ छ । 

अन्तर्राष्ट्रिय र आन्तरिक सेवा दुवैतर्फ विमान थप्दै निगमको आय बढाउदै लैजाने नीति रहेको बताउँदै उनले एयर बस खरिद गर्न प्रक्रिया सुरु गरिसकेको पनि जानकारी गराए ।

salt training

कमेन्ट गर्नुहोस्