
काठमाडौं, २० चैत– ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवानमाथि हातपात गर्ने तीनजना विरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाएको छ ।
फागुन १८ गते (आइतवार) काठमाडौंको ठमेलमा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने करिस प्रधान, सज्जन भण्डारी र ऋद्धिन्द्र गिरीविरुद्ध प्रहरीले सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाएको हो ।
आइतवार राति ठमेलको मनाङ होटेल अगाडि ड्युटीमा खटिएका प्रहरी जवान राहुल कुमार सिंहमाथि हातपात गरेको अभियोगमा प्रक्राउ गरी उनीहरुविरुद्ध सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाएको हो ।
तीब्र गतिमा आएको बा १५ च ८९४४ नम्बरको निजी कारमा रहेका उनीहरु सवारी निषेधित क्षेत्रमा प्रवेश गरेपछि ट्राफिक प्रहरी जवान सिंहले रोक्न खोजेका थिए । आफूलाई रोेकेको भन्दै उनीहरुले सिंहमाथि हातपात गरेका थिए ।