०८ असार २०८३, सोमबार

गंगा नदीमा नेपालको पानीजहाज चलाउने ओलीको योजना !

चैत २२, २०७४
गंगा नदीमा नेपालको पानीजहाज चलाउने ओलीको योजना !

काठमाडौँ, २२ चैत- प्रधानमन्त्री केपी ओलीले दुई वर्षभित्र समुद्रमा राष्ट्रिय ध्वजाबाहक पानीजहाज सञ्चालन गर्ने बताउँदै आएका छन् । आफ्नो उक्त योजनालाई मूर्त रूप दिन भारत भ्रमणमा मुख्य एजेन्डा बनाउने ओलीले बुधबारको स्थायी समितिमा बताए, नयाँ पत्रिकामा खबर छ  । पटनासँग जोडिएको गंगा नदीमा नेपालको पानीजहाज सञ्चालन गरी कोसी, गण्डकी र कर्णाली नदी हुँदै सामुद्रिक मार्गबाट सामान आयात–निर्यात गर्न सकिने चर्चा चल्दै आएको छ ।

‘गंगा नदीबाट आफ्नै पानीजहाजमा सामान ल्याएर नेपालको सिमानासम्म जोड्ने कुरा भ्रमणमा उठाइने कुरा उहाँले जानकारी गराउनुभयो,’ ओलीलाई उद्धृत गर्दै एमालेका एक नेताले भने, ‘उहाँले राष्ट्रिय ध्वजाबाहक पानीजहाज सञ्चालनको औचित्य यसपटकको भ्रमणमा प्रमाणित गर्न खोज्नुभएको देखिन्छ, भारतले नेपालसँग कुनै सर्त नराखी कार्यान्वयन गर्दा त धेरै राम्रो हो, तर त्यसभित्र कोसी हाइड्याम बनाउने स्वार्थ जोडिएर आयो भने झन् खतरनाक हुन सक्छ ।’ त्यसबारे गृहकार्य भए–नभएको तथा भारतीय चाहना कस्तो छ भन्नेबारे प्रधानमन्त्री ओलीले बैठकलाई विस्तृत जानकारी गराएनन् ।
 

salt training

कमेन्ट गर्नुहोस्