०१ असार २०८३, सोमबार

सलमानलाई जेलमा उच्च सुरक्षा, अन्य कैदीलाई जस्तै खाना

सलमानलाई जेलमा उच्च सुरक्षा, अन्य कैदीलाई जस्तै खाना

कालो हरिणको शिकार अभियोगमा सलमान खान दोषी ठहर भएसँगै पाँच वर्षको जेल सजाय भएको छ । यसका साथ अभिनेता सेफ अली खान, अभिनेत्री नीलनम, सोनाली, तव्बु तथा दुष्यन्त सिंहले सफाइ पाएका छन् । 

सलमानको मेडिकल जाँचपछि केन्द्रिय जेलमा लगिने छ । यसअघि सलमान दुई पटक जेल गइसकेका छन् । 

जोधपुर जेलका डीआईजी विक्रम सिंहले फैसलालाई ध्यानमा दिँदै भोलि देखिनै जेलमा सुरक्षा व्यवस्था कडा बनाइने बताए । जेलको बाथरुम राम्रो स्थितिमा छन् । जेल भित्र सलमानलाई त्यही खाना दिइने छ । जो अन्य कैदिलाई दिइएको छ । उनलाई उच्च सुरक्षा व्यवस्था सेलमा राखिएको छ । जहाँ बलात्कार प्रकरणमा सजाय खाइरहेका ‘बाबा’ आसाराम बापु पहिला देखिनै छन् । 

सलमान कालो हरिणको शिकार मामलामा सन् २००६ मा जोधपुर जेलमा रहेका थिए  । 

यसअघिको जेल बसाइमा आफूले रमाइलो गरेको बताएका थिए । उनले समस्याका बारेमा पनि बताएका थिए । आफूलाई जेलमा बाथरुमको टेन्सन हुने बताएका थिए ।

जेलयात्रापछि के हुन्छ सलमानको नेपाल ‘दवङ द टुर’, पाँच करोड फिर्ता आउला ?

हरिण प्रकरणमा फसे सलमान, के भएको थियो ?

कालो हरिणमा के छ जहाँ सलमानको ज्यान फसेको छ ?

सलमान खानलाई ५ वर्षको जेल सजाय, अब के हुन्छ ?

 

 

 

salt training

कमेन्ट गर्नुहोस्