
बिराटनगर २२ चैत– अचानक विराटनगरमा परेको झरीले गर्दा सबैभन्दा बढी सर्वसाधरणले समस्या पाए । अरु दिनभन्दा आज (बिहीवार) बिराटनगर अस्तब्यस्त देखियो । हरेक दिन धुलोका कारण समस्या झेल्दै आएका सर्बसाधारणको लागि एकदिनको बर्षा निक्कै समस्याको रुपमा देखियो ।
चौतर्फी भत्काइएको सडक, नाला र ढल निर्माणमा भएको ढिलाइका कारण सामान्य बर्षा हुने बित्तिकै सर्बसाधारणले सास्ती पाउँदै आएका छन् ।
सडकमा हिँड्न मात्र हैन सवारी चलाउन समेत समस्या देखियो । विद्यालयबाट घर फर्किँदै गरेका स्कुल तथा कलेज पढ्ने विद्याथीहरुलाई त झनै समस्या झलेको बताए ।