
काभ्रेपलाञ्चोक, २३ चैत- पनौतीसम्म सञ्चालनको रुट इजाजत पाएको मयुर सेवा प्रालीलाई पनौतीमा जान अवरोध सिर्जना गरिएको छ । पनौती जान हिँडेका मयुरका बसलाई काभ्रे मिनीबस सेवा समितिले सञ्चालन गरेका बसहरूले धनेश्वर पुलमै अवरोध सिर्जना गरेका हुन् ।
अवरोध गर्ने तीनओटा बसहरूलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बनेपामा राखेको छ । बिहीबार पहिलोपटक पनौतीमा पुगेको बसविरुद्धको धनेश्वरमा अवरोध हटे पनि पनौती बसपार्कमा बस सञ्चालक तथा मजदुरले पुनः अवरोध सिर्जना गरेका थिए । पनौतीमा उनीहरूले मयुरका बसमाथि ढुंगामुढाको प्रयाससमेत गरेका थिए । प्रहरीले संयम बनेर मयुरका गाडीलाई बनेपातर्फ पठाएको थियो, आजको राजधानी दैनिकमा खबर छ ।