०३ असार २०८३, बुधबार

प्रदेश पाँचको नीति तथा कार्यक्रम स्वीकृत

चैत २३, २०७४
प्रदेश पाँचको नीति तथा कार्यक्रम स्वीकृत

बुटवल, २३ चैत– आर्थिक वर्ष २०७४/७५ को लागि प्रदेश नंं ५ काे सरकारले नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नीति कार्यक्रम स्वीकृत गरेको हो । नीति तथा कार्यक्रम आउँदो २५ गते संसदमा पेश हुने सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।  

नीति तथा कार्यक्रम स्वीकृत गरी संसदमा प्रस्तुत गर्न प्रदेश प्रमुख उमाकान्त झालाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ । चालू आर्थिक वर्षको असार मसान्तसम्मका लागि मात्रै अल्पकालीन भएकाले नीति तथा कार्यक्रममा उल्लेखनीय विषय र नौलो कार्यक्रम केही नभएको प्रवक्ता चौधरीले बताए । 

अहिले प्रदेशको बजेट १ अर्ब २ करोड रुपैयाँ छ ।  संसदमा पेश भएपछि नीति तथा कार्यक्रममाथि छलफल हुने र चैत २९ गते अगावै संसदबाट पारित हुने प्रवक्ता चौधरीले बताए । मन्त्रिपरषद् बैठकले चालु आर्थिक वर्षको बाँकी अवधिको बजेट चैत २९ गते प्रस्तुत गर्ने निर्णय पनि गरेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्