०३ असार २०८३, बुधबार

सियाटल किंग्स काउण्टी र भरतपुरलाई भगिनी महानगर बनाइने

सियाटल किंग्स काउण्टी र भरतपुरलाई भगिनी महानगर बनाइने

चितवन, २४ चैत– अमेरिकाको वासिंटन राज्यस्थित सियाटल किंग्स काउण्टी महानगर र चितवनको भरतपुर महानगरबीच भगिनी महानगर बनाउन पहल शुरु भएको छ । सियाटल किंग्स काउण्टी महानगरकी मेयर जेनी ए डर्किनले चितवनको भरतपुर महानगरपलिकालाई भगिनी महानगर बनाउने प्रतिवद्धता व्यक्त गरेपछि त्यसका लागि पहल शुरु गरिएको हो । 

भरतपुर महानगर प्रमुख रेणु दाहालले वाणिज्य दूतावासमार्फत भगिनी सम्बन्धका लागि पहल भइरहेको जानकारी दिइन् । ‘अमेरिकाको सियाटल किंग्स काउण्टी महानगरपालिका र चितवनको भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाको प्रयास हुनु जिल्लावासीका लागि खुशीको कुरा हो’, उनले भनिन् । 

मेयर डर्किनले नेपालको महानगरपालिकाको पहिलो महिला मेयरले नेतृत्व गरेकोले पनि भरतपुर महानगरपालिकालाई आफूले भगिनी महानगरपालिका बनाउन ईच्छुक रहेको उनले बताइन् । वासिंटन स्टेटको सियाटलस्थित नेपाली वाणिज्यदूत एसी शेर्पासंगको भेटमा शेर्पाको प्रस्तावलाई सहर्ष स्वीकार गर्दै मेयर डर्किनले भरतपुर महानगरपालिकासँग मिलेर काम गर्न सकिने संकेत गरिन् । 

नगरपालिकासँगको भगिनी सम्बन्ध स्थापनाका लागि आवश्यक विषयवस्तुसहित अर्काे भेटमा विस्तृत कार्ययोजना बनाउने तयारी भएको छ । वाणिज्यदूत शेर्पाले कार्यभार सम्हालेपछि सियाटलबाट नेपाल जाने भिसा लिएर सेवा प्रदान गरिएको छ। 

यसअघि अमेरिकी नागरिकले भिसा नेपाली लिनका लागि अमेरिकी दूतावस वा नेपाल नै पुग्नु पर्नेमा हाल वाणिज्यदुतावास सियाटलबाट पनि भिसा सुविधा शुरु गरिएको छ। विश्वका १० मुख्य पर्यटन र एडभेन्चरका कम्पनीहरुमध्ये सियाटलमा मात्रै सातवटा रहेका छन्। 

नेपालको भ्रमण र एडभेन्चरका बारेमा अमेरिकीहरु निकै सकारात्मक र सहयोगी देखिएको उनको भनाइ छ । नेपालमा अमेरिकाबाट सबैभन्दा बढी पर्यटक सियाटलबाट आउने गरेको बताउँदै शेर्पाले आगामी दिनमा थप धेरै कामहरु गर्न सकिने संभावनाहरु देखेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्