
काठमाडौं, २४ चैत- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘सबका साथ, सबका विकास’ भन्ने आफ्नो नारा र ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नेपाली प्रधानमन्त्री केपी ओलीको नारा एक अर्काको परिपूरक भएको बताएका छन् ।
भारतको तीनदिने राजकीय भ्रमणमा रहेका ओलीसंग शनिवार भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले दुवैका नारा एकअर्काको परिपूरक भएको दाबी गरेका हुन् ।
‘मेरो नारा ‘सबका साथ, सबका विकास’ र प्रम ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा एक अर्काको परिपुरक हुन्’ मोदीले भने ।