०८ असार २०८३, सोमबार

६ वर्षमा रक्सौलबाट काठमाडौं आउन सक्छ रेल

चैत २६, २०७४
६ वर्षमा रक्सौलबाट काठमाडौं आउन सक्छ रेल

काठमाडौँ, २६ चैत -नेपाल–भारतबीच रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग निर्माणबारे सहमति भएको छ । रेलमार्ग निर्माणका लागि तत्काल सम्भाव्यता अध्ययन गरिनेछ । त्यसपछि विस्तृत आयोजना प्रतिवेदन तयार भएपछि मात्र दुई देशबीच लगानीको ‘मोडालिटी’ र कार्यान्वयलाई अन्तिम रूप दिइनेछ ।

रक्सौलदेखि काठमाडौंसम्म विद्युतीय रेलमार्ग निर्माण गर्न न्यूनतम ६ वर्ष लाग्ने रेल विभागले जनाएको छ । विभागका महानिर्देशक अनन्त आचार्यका अनुसार पूर्वतयारीलाई १ वर्षमा सम्पन्न गरी निर्माणमा लागे अबको ६ वर्षमा रक्सौल भएर गुड्ने भारतीय रेल काठमाडौंसम्म ल्याउन सकिनेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको  छ । 

salt training

कमेन्ट गर्नुहोस्