
काठमाडौं, २६ चैत– महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिब कुमार साहले भोलि (मंगलवार)देखि नगरपालिकाको गाडी नचड्ने घोषणा गरेका छन् ।
आफूले गाडी सुविधाको प्रयोग गर्दा जनताले तिरेको करको दुरुपयोग भएको भन्दै मेयर साहले नगरपालिकाको गाडी नचढ्ने घोषणा गरेका हुन् । भंगहा नगरपालिकाको आफ्नै गाडि नभएको अवस्थामा मेयरका लागि भन्दै निजी गाडी भाडामा लिइएको थियो ।
मेयर निर्वाचित भएपछि ४ महिनासम्म आफ्नो निजी सवारी साधन प्रयोग गरेका साहले विगत ३ महिनादेखि नगरपालिकाले भाडामा लिएको गाडी चढ्दै आइरहेका थिए । उक्त गाडीको भाडामा मात्रै ३ महिनामा ८७ हजार रुपैयाँ नगरपालिकाबाट खर्च भएको छ ।
स्थानीय तहका जनप्रतिनिधीले निजी सुविधाका लागि जनताले तिरेको करको दुरुपयोग गरेको भन्दै लोकान्तरले केही दिन अगाडि समाचार प्रकाशन गरेको थियो ।
लोकान्तरमा समाचार प्रकाशन भएपछि मेयर साहले लोकान्तरकर्मी अजय अनुरागीसँग कुराकानी गर्दै नगरपालिकाको गाडी नचढ्ने घोषणा गरेका हुन् ।
मेयर साह भाडामा लिएको बा१७च १०२४ नम्बर टाटा कम्पनीको सफारी गाडी चढ्दै आएका थिए ।
याे पनि पढ्नुहाेस्,