२१ जेठ २०८३, बिहीबार

वीर अस्पतालको ५० रोपनी जग्गा गायब

चैत २९, २०७४
वीर अस्पतालको ५० रोपनी जग्गा गायब

 भक्तपुर, २९ चैत- स्वास्थ्य विज्ञान प्रतिष्ठानकोे स्वामित्वको भक्तपुर दुवाकोटमा रहेको ५० रोपनी जग्गा गायब भएको छ ।  विस्तारित सेवा दिने योजनासहित सरकारले दुई वर्षअघि प्रतिष्ठानलाई दिएको ५७० रोपनी जग्गामध्ये भौतिक पूर्वाधार निर्माण सर्भेका क्रममा नापजाँच गर्दा ५० रोपनी जग्गा हराएको तथ्य खुलेको हो ।

१५ सय शैयाको अस्पतालसहित चारवटा मेडिकल कलेज एकै ठाउँमा सञ्चालन गर्ने महत्वकांक्षी लक्ष्यसाथ निर्माण सुरु हुने भनिएको सो क्षेत्रमा प्रतिष्ठानले भोगचलनका लागि नापी गर्ने क्रममा लालपुर्जामा भएभन्दा फिल्डमा ५० रोपनी कम देखिएपछि सो जग्गा कसले भोगचलन गरिरहेको छ भन्ने बहस सुरु भएको छ ।

अर्बौं रुपैयाँ मूल्य पर्ने सो जग्गामा चीन सरकारले भौतिक पूर्वाधार निर्माणमा चासो देखाएपछि प्रतिष्ठानले जग्गा नापजाँच गरेको हो । नापजाँचका क्रममा ५० रोपनी जग्गा नै नभेटिएको स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गणेशमान गुरुङले जानकारी दिए, राजधानी दैनिकमा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्