०३ असार २०८३, बुधबार

‘भगवान शिव’ को रुपमा इमरान खान, पाकिस्तानी संसदमा ताण्डव !

‘भगवान शिव’ को रुपमा इमरान खान, पाकिस्तानी संसदमा ताण्डव !

भगवान शंकरको तस्वीरमा पूर्व क्रिकेटर तथा नेता इमरा खानको अनुहार, पाकिस्तानमा यो प्रकरण निकै चर्कोरुपमा आएको छ । 

पाकिस्तानको संसदका अध्यक्षले पीटीआई (पाकिस्तान तहरीक ए इन्साफ पार्टी)का अध्यक्ष इमरान खानको हिन्दू देवताको रुपमा पेश गरिएको तस्वीरको जाँच संघीय जाँच एजेन्सी –एफआईए)लाई बुझाएका छन् । 

बुधबार पाकिस्तानको संसदको कारवाहीका क्रममा प्रमुख विपक्षी पार्टी पीपीपी का एक सांसद रमेश लाले सत्ताधारी मुस्लिम लीगका कार्यकर्ताले सामाजिक सञ्जालमा इमरान खानको एक तस्वीर पोस्ट गरेका छन् जसमा उनको हिन्दू देवता शिवको रुपमा देखाइएको छ । 

संसद अध्यक्ष सरदार अयाज सादिकले गृह मन्त्री तलाल चौधरीसँग यसविषमा अनुसन्धान गरी चाडै संसदलाई जानकारी गराउन रुलिङ गरेका छन् । 

सांसद रमेश लालले इमरान खानको विरोधमा सत्ताधारी पार्टीका मानिसले हिन्दूको धार्मिक भावनामा ठेस पु¥याएको बताएका छन् । 

संविधानमा कुनै पनि व्यक्तिको धार्मिक भावनामा ठे्स नपु¥याउने जनाइएको छ । 

सत्ताधारी पार्टीका कार्यकर्ता अर्को धर्मका मानिसको भावनामा आहात पु¥याउने काममा लागेको आरोप लगाए । 
 

salt training

कमेन्ट गर्नुहोस्