०१ असार २०८३, सोमबार

दुर्घटनामा १ जनाको मृत्यु, ८ घाइते

दुर्घटनामा १ जनाको मृत्यु, ८ घाइते

नवलपरासी, २९ चैत– पूर्वी नवलपरासीस्थित बुलिङ्गटार गाउँपालिकाको सिमार्दीमा आज जिप दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य आठजना गम्भीर घाइते भएका छन् । 

भारतीपुरबाट दलदलेतर्फ आउँदै गरेको ग१ज ५३३७ नंको जिप बुलिङ्गटार गाउँपालिका–५ र ६ को बीचमा पर्ने सिमार्दीमा कच्ची सडकबाट खसेको थियो । 

मृत्यु हुनेमा जिपमा सवार तनहँु रिसिङ्ग गाउँपालिका–५ का भीमबहादुर मुग्नी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । 

घाइतेहरूको चितवनको विभिन्न अस्पतालमा भइरहेको बुझिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्