२८ जेठ २०८३, बिहीबार

जुम्लाका मेडिकलमै पाइन्छ लागुऔषध

चैत ३०, २०७४
जुम्लाका मेडिकलमै पाइन्छ लागुऔषध

जुम्ला, ३० चैत  - जिल्लाका निजी औषधि पसलले लुकिछिपी लागुपदार्थ बेच्ने गरेको पाइएको छ । 
दुव्र्यसनीमा फसेका धेरै समूहले बाहिरी जिल्लाबाट लागुपदार्थ झिकाएर उपभोग गर्ने गरेको बताइए पनि पछिल्लो समय जिल्लाभित्रकै मेडिकलबाट लागुऔषध किनबेच हुने गरेको आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

मेडिकलहरूले अफिम, कोकिन, हिरोइन तथा ब्राउन सुगरजस्ता प्राणघातक लागुपदार्थ बेच्ने गरेको जुम्लाका डीएसपी डा. तपनकुमार दाहालको भनाइ छ ।

तथ्य प्रमाण भेटिए किनबेच गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउने दाहालको भनाइ छ । मेडिकल सञ्चालक तथा लागुपदार्थ प्रयोगकर्ताबीचको मिलेमतोमा लागुऔषध कारोबार हुँदा अनुसन्धान गर्न समस्या भएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्