
काठमाडौं, ३० चैत– त्रिभुवन विमानस्थल हुँदै नेपाल भित्रिएको तस्करीको ३३ किलो सुन प्रकणमा पक्राउ परेका एक अभियुक्तले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् ।
महानगरीय प्रहरी बृत्त सिंहदवारको हिरासतमा रहेका प्रेमराज चौधरीले आत्महत्या गरेका हुन् । प्रहरी स्रोतका अनुसार उनी शुक्रबार बिहान ट्वाइलेटमा मृत अवस्थामा फेला परेका थिए ।
३३ किलो सुन प्रकरणको छानविनका लागि गठित गृह मन्त्रालयको टोलीले चौधरीलाई बिहीवार मात्रै सिंहदवार बृत्तको हिरासतमा पठाएको थियो ।
सिंहदवार बृत्त स्रोतका अनुसार चौधरीले आफैंले लगाएको ट्र्या–सुटको पासो लगाइ आत्महत्या गरेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले घटनाको पुष्टि गरेका छन् ।