
काठमाडौँ, १ बैशाख- नेपाली नयाँ वर्षको अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्डले शुभकामना दिएका छन् ।
ट्रम्पको तर्फबाट ह्वाइट हाउसस्थित कार्यकारी सचिव जोन जे सुल्लिभानले एक वक्तब्य जारी गर्दै नेपालीको नयाँ वर्ष २०७५ सालको शुभकामना दिएका हुन् ।
'राष्ट्रपति ट्रम्प र अमेरिकन जनताको तर्फबाट विश्वभर रहेका नेपाली समुदायलाई नयाँ वर्ष पर्वका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ', विज्ञप्तीमा भनिएको छ ।
सुभकामना संदेशमा उनले नेपाली नयाँ वर्षले बितेको वर्षको उपलब्धिलाई संस्थागत गर्दै मनाउने अवसर दिएको बताएका छन् |