१२ असार २०८३, शुक्रबार

काँग्रेस सचेतकमा भुसाल

बैशाख ५, २०७५
काँग्रेस सचेतकमा भुसाल

काठमाडौँ, ५ वैशाख- नेपाली काँग्रेस प्रतिनिधिसभा संसदीय दलको सचेतकमा पुष्पा भुसाल गौतम मनोनयन भएकी छन्  । 

काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आज उनलाई सचेतकमा मनोनयन गरेको  संसदीय दलका नेता देउवाका निजी सचिव केशवराज जोशीले जानकारी  दिए । 

प्रतिनिधिसभा सदस्य पुष्पा भुसाललाई दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम मनोनयन गरिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्