२२ जेठ २०८३, शुक्रबार

युवा संघका नेता मल्ल पक्राउ, मनोज पुनको मुख्य सहयोगी रहेको खुलासा

बैशाख ६, २०७५
युवा संघका नेता मल्ल पक्राउ, मनोज पुनको मुख्य सहयोगी रहेको खुलासा

बुटवल, ६ वैशाख – ‘डन’ मनोज पुनको संगठित अपराधमा सघाएको आरोपमा एमाले निकट युवा संघका केन्द्रीय सदस्य शुजु मल्ल पक्राउ परेका छन् । युवा संघको केन्द्रीय कमिटी बैठकका क्रममा काठमाडौंमा रहेका मल्ललाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रमुख श्याम ज्ञवालीले मनोज पुनको इन्काउन्टरमा मृत्यु हुने बेलासम्म मल्ल निरन्तर सम्पर्क रहेको भटिएको बताए । मल्ल बुटवल ७  निवासी हुन् । 

ज्ञवालीले लोकान्तरसँग भने, ‘मनोजको विशेष सहयोगी बुधबार सार्वजनिक गरिएको उत्तम आचार्य र शुजु मल्ल विशेष सहयोगी रहेको पाइयो । इन्काउन्टरमा मृत्यु हुने बेलासम्म सुजुले मनोजसँग सम्पर्क गर्दा छुट्टै सिमको प्रयोग गरेर सम्पर्कमा रहेको पाइयो ।’ उनलाई हवाइजहाजबाट बुटवल ल्याउने तयारी भइरहेको ज्ञवालीले जानकारी दिए । मल्लले युवा संघका अध्यक्ष दुर्गा तिवारी र बुल पौडेलको हत्याको विरोधमा दिरभर सडकमा आन्दोलन गरी मनोज पुनलाई सबै जानकारी गराउने गरेको प्रहरीले जनाएको छ । 

पुन गत फागुन ९ गते रूपन्देहीको देवदह भवानीपुरमा प्रहरीको इन्काउन्टरमा मनोज र उनका सहयोगी सोम आलेको मृत्यु भएको छ । इन्काउन्टरमा मनोजको मोवाइल प्रहरीले बरामद गरेसँग उनको सम्पर्कमा रहेर पुनको मृत्यु भएसँगै संगठित अपराधमा संलग्नहरू धमाधम पक्राउ पर्न थालेका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्