
गधा मुर्खताको पर्याय हो । विश्वभर नै केही काम विगारे ‘गधा’ भनेर गाली गर्ने प्रचलन गरेको छ । तर ल्याटिन अमेरिकी देश कोलम्बियामा एक व्यक्तिले साताव्दि देखि ‘बेबकुफ’ को उपमा पाएको गधाको नाममा लागेको दागलाई हटाउने प्रयास गरेका छन् ।
उनको नामहो लईस सोरियानो । उनी पछिल्लो बीस वर्षदेख गधालाई तालिम दिएर अनौठो काम गराइरहेका छन् ।
लुइस कोलम्बियाको ग्रामिण क्षेत्रको ला ग्लोरियामा शिक्षक थिए । यस क्षेत्रका विद्यार्थीसँग किताव थिएन । उनी एकमात्र त्यस्ता व्यक्ति थिए जो सँग किताव थियो ।
लुइस सोरियानोसँग ७० किताव थिए । जसमा इतिहास, भूगोल, विज्ञान, दर्शनशास्त्र देखि लिएर बच्चाका लागि कथाहरु भएको किताव थिए ।
एक दिन लुइसले सोचे यदी बच्चसँग किताव छैन भने किन किताव बच्चाहरुसम्म नपु¥याउने ।
कोलम्बिया ड्रग्स माफिया तथा गृहयुद्धका कारण वदनाम छ । जहाँ सुविधाको कमी छ ।
यस्तोमा लुइसको आखा दुई गधामा पर्यो । उनी ति गधालाई घरमा पनी बोक्ने काममा प्रयोग गर्थे ।
उनले ति गधाको नाम अल्फा र बेटा राखे जसको अर्थ बर्णमाला हुन्छ ।
लुइसले गधाको ढाडमा किताव राख्ने बन्दोबस्तो गरे र ग्लोरियाको क्षेत्रको एक एक गाउँमा लगे । जहाँ बच्चाहरु किताव पढ्न सक्थे ।
कोलम्बियाको सरकारी स्कूलमा सुविधा अभावका कारण यी बच्चले उनको गधा पुस्तकालयलाई अपनाए । उनी आफैपनि बच्चाहरुसँग बसेर उनीहरुलाई पढाउन थाले । गाउँमा गधा गएपछि केटाकेटी पढ्न दगुर्न थाले ।