२६ जेठ २०८३, मंगलबार

चार वर्ष प्रेम, १४ वर्षीय प्रेमिकाको कपालले घाँटी कसेर हत्या

बैशाख ६, २०७५
चार वर्ष प्रेम, १४ वर्षीय प्रेमिकाको कपालले घाँटी कसेर हत्या

बुटवल, ६ वैशाख– रूपन्देहीको ओमसतिया गाउँपालिका–६ की १४ वर्षीया किशोरीको हत्या उनकै प्रेमीबाट भएको खुलासा भएको छ । गएको सोमबार घरबाट बेपत्ता किशोरी सरस्वती हरिजन मंगलबार घरदेखि एक किलोमिटर टाढा मृत अवस्थामा भेटिएकै थिइन् । 

जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रमुख श्याम ज्ञवालीले किशोरीको हत्या उनकै प्रेमी ओमसतिया गाउँपालिका–६ का १८ वर्षीय प्रेमसागर केवटले गरेको अनुसन्धानबाट खुल्न आएको बताए । राति ९ बजेतिर किशोरी शौचालय जान भन्दै प्रेमीलाई भेट्न पुगेकी थिइन् ।

‘दुबै प्रेममा रहेकोले घरदेखि केही टाढा बसेका रहेछन् । लगत्तै किरोशीलाई घरमा आउन आग्रह गरेको पाइयो । अब मलाई तिमीले बिहे गरेर लैजाउ म घर जाने अवस्था छैन भनेर किशोरीले भनिछन्’ ज्ञवालीले भने, ‘तर प्रेमी केवटले भाग्न अस्वीकार गरेपछि केटीले अब म मर्छु भनेर आफनै कपाल घाटीमा बेरिछिन् । त्यही कपालले कसेर केटाले उनको हत्या गरेको अनुसन्धानबाट खुल्यो’ ज्ञवालीले थपे, ‘बिहे गर्न केटाले अस्वीकार गर्दा अपरिपक्क प्रेमले मृत्यु बरण गर्न पुग्यो ।’ 

भागेर बिहे गर्ने विषयमा उनीहरुबीच विवाद बढ्दै गएपछि हरिजनकोे घाँटी थिची हत्या गरेको केवटले प्रहरीलाई बयान दिएका छन् ।

उनीहरूबीच विगत ४ बर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ । केटा कक्षा १० र केटी कक्षा ८ मा अध्ययनरत थिए । उनीहरूबीच लामो समयदेखि निरन्तर शारीरिक सम्पर्क समेत भएको अनुसन्धानबाट खुलेको छ । 

‘सानै उमेरमा गर्लफ्रेन्ड÷व्याइ फ्रन्ड बनाउने कार्यको परिणाम हो’ ज्ञवालीले भने । अनुसन्धान अधिकृत डिएसपी डिल्लीनारायण पाण्डेलले अनुसार किशोरीले घर नफर्कने भन्दै केवटलाई भगाएर लैजान भनेपछि दुवै जनामा विवाद भएको थियो ।

उनको शव स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय धकधइलाईमा खबर गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान गर्न प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेको नेतृत्वमा अनुसन्धान गरिरहेको छ ।

बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रहरीले केवट र हरिजनवीच प्रेम सम्बन्ध रहेको र दुई जनामा कुरा नमिल्दा किशोरीको हत्या भएको जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्