२८ असार २०८३, आइतबार

गैँडा नियन्त्रणका लागि १० वटा हात्ती र डोजर परिचालन

बैशाख १४, २०७५
गैँडा नियन्त्रणका लागि १० वटा हात्ती र डोजर परिचालन

चितवन, १४ वैशाख– सरकारले चीन सरकारलाई उपहार दिन लागेका दुई जोडी गैँडा शुक्रबारबाट नियन्त्रणमा लिन शुरु गरिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टर खोरिया मोहन क्षेत्रबाट एक जोडी गैँडा नियन्त्रण गर्न लागिएको हो । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार गैँडा नियन्त्रणका लागि आवश्यक प्राविधिक टोली र उपकरण साँझसम्ममा खोरिया मोहन क्षेत्रमा पुग्नेछ । उनले भने, “शुक्रबार एक भाले र एक पोथी गैँडा हामी नियन्त्रण गर्छाै ।” 

गैँडा डार्ट गरेर ट्रकमा राखेर निकुञ्जको भित्री बाटो कसरा हुँदै सौराहा लगिने उनले बताए । ढकालका अनुसार एकदेखि दुई वर्ष उमेरका गैँडा नियन्त्रण गरिने छ । गैँडा नियन्त्रणका लागि आसपासका पोष्टमा रहेका १० वटा हात्ती, डोजर, ट्र्याक्टर, बोलेरो जिपलगायत सामग्रीसहित जनशक्ति परिचालन गरिँदैछ । 

वैशाख ७ गतेदेखि सो आसपास क्षेत्रमा गैँडा खोजी कार्य जारी रहेको थियो । निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका छ जना प्राविधिकसहितको टोलीले एक हप्ता लगाएर गैँडाको खोजी गरेको हो । 

ढकालका अनुसार अन्य दुईवटा गैँडामध्ये सौराहामा उद्धार गरी राखिएको एउटा भाले गैँडा र सुखीभार वा भिम्ले क्षेत्रबाट अर्काे गैँडा नियन्त्रण गरिने छ । सौराहामा राखिएको गैँडा लैजाने नलैजाने विषयमा टुंगो नलागेकाले चिनियाँ टोलीको चाहनाअनुसार सो गैँडा वा अर्काे सुखीभार क्षेत्रबाटै नियन्त्रण गरेर लगिने ढकालले बताए ।

विसं २०७३ साल असारमा प्रधानमन्त्री हुँदा केपी ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने निर्णय गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्