२९ असार २०८३, सोमबार

लम्बियो कांग्रेस बैठक, देउवाले शनिवार मात्र जवाफ दिने

बैशाख १४, २०७५
लम्बियो कांग्रेस बैठक, देउवाले शनिवार मात्र जवाफ दिने

काठमाडौं १४ वैशाख – नेताहरुले लम्बेतान भाषण गरेपछि कांग्रेस केन्द्रीय समितिको बैठक भोलिसम्म जारी रहने भएको छ । 

बिहीवार नै बैठक सम्पन्न गर्ने तयारी रहेपनि नेताहरुले लामो भाषण गरेपछि बैठक शनिवारसम्म लम्बिने भएको हो । 

बिहीवार दुई घण्टा भन्दा धेरै बोलेका लामो बोलेका विजयकुमार गच्छदारले शुक्रवारको बैठकमा पनि लामो भाषण गरे । बिहीवारको बैठकमा गोपालमान श्रेष्ठले पनि दुई घण्टा भन्दा धेरै समय बोलेका थिए । शुक्रवारको बैठकमा सभापति शेरबहादुर देउवाले सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम थियो ।

शुक्रवारको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेलले बोलेका छन् । उनले नेतृत्वको कार्यशैलीका कारण पार्टीले चुनावमा पराजय व्यहोरेको बताए । उनले वापमन्थी सरकार अधिनायकवाद तर्फ उन्मुख बनेको भन्दै कांग्रेसले रोक्नु पर्ने बताए ।

दिउसो ३ बजे बस्नेगरी ‘लन्च’ ब्रेक गरेर स्थगित गरिएको बैठक शनिवारसम्मका लागि सरेको छ । शुक्रवार दिउसो ३ बजे बस्ने भनिएको बैठक शनिवार विहान ९ बजे सम्मका लागि स्थगित भएको केन्द्रीय सदस्य ध्यान गोविन्द रञ्जितले लोकान्तरलाई बताए । 

चुनावमा पार्टी पराजयको समीक्षा गर्न कांग्रेस केन्द्रीय समिति बैठक केही दिनदेखि राजधानीमा बसिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्