०२ साउन २०८३, शनिबार

पार्टी एकताबारे ओली र प्रचण्डबीच बालुवाटारमा छलफल

बैशाख १४, २०७५
पार्टी एकताबारे ओली र प्रचण्डबीच बालुवाटारमा छलफल

काठमाडौं, १४ वैशाख- पार्टी एकताका विषयमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको छ ।

दुवै अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेबाटै छलफल भइरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

एकीकृत पार्टीको संगठनात्मक संरचनामा कुन पार्टीका कति प्रतिशत रहने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । साथै जनयुद्ध शब्द र चुनाव चिह्नका विषयमा पनि औपचारिक सहमति भइसकेको छैन ।

ओली र प्रचण्ड विवाद सल्टाउन छलफलमा जुटेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्