३१ जेठ २०८३, आइतबार

कुवेतमा यातना खेपेर फर्किएकी रीता भन्छिन्– ‘अब भुलेर पनि विदेश जानेबारे सोच्दिनँ’

बैशाख १८, २०७५
कुवेतमा यातना खेपेर फर्किएकी रीता भन्छिन्– ‘अब भुलेर पनि विदेश जानेबारे सोच्दिनँ’

नयाँदिल्ली, १८ बैशाख-  नयाँदिल्लीको बाह्रखम्बास्थित नेपाली दूतावासमा शनिबार अपराह्न भेटिएकी ४० वर्षीया रीता (नाम परिवर्तन) राम्ररी बोल्न सक्ने अवस्थामा थिइनन् । शरीर थकित देखिन्थ्यो । नेपालगन्जकी उनी रुँदै एउटै वाक्य दोहोर्‍याइरहेकी थिइन्, ‘मलाई चाँडै घर पठाइदिनुस् ।’

तीन महिनाअघि कुवेत पुगेकी उनी मालिकको अमानवीय व्यवहार र एजेन्टको यातना सहन नसकेर फर्किएकी हुन् । दूतावासमा ‘अस्थायी सेल्टर’ नभएका कारण उनलाई दिल्ली महिला आयोग र केआई नेपालका प्रतिनिधिको जिम्मा लगाइएको छ ।

‘खान पनि दिएनन्, मलाई निकै पिटे,’ उनी सुनाइरहेकी थिइन् । रीताले बेहोरेको यातना र पीडाको कथा करिब तीन महिनाअघि प्रारम्भ हुन्छ । गाउँकै शीला दिदीले राम्रो कमाइ हुन्छ भनेपछि उनैको खर्चमा पासपोर्ट बनाएर गाउँकै एजेन्टसँग रुपैडिहा नाका हुँदै दिल्ली पुगिन् । दिल्लीमा एउटा घरमा राखियो । उनीसँगै अरू चार नेपाली महिला पनि थिए । ‘उहाँहरू कहाँ जानुभयो, मलाई थाहा भएन,’ उनले बताइन् । एक साता दिल्ली बसेपछि शारजहाँको रुट हुँदै उनलाई कुवेत उडाइयो । कुवेत पुगेको केही दिनमै उनको नारकीय जीवन सुरु भयो, आजको कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्