×

NMB BANK
NIC ASIA

लोकल बसजस्तै यात्रुलाई कुर्छन् विमान, प्राविधिक समस्या देखाएर घण्टौंसम्म 'डिले' !

बैशाख १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १९ वैशाख–निजी विमान कम्पनीहरूले आन्तरिक उडानमा मनोमानी ढंगले ढिलाइ (डिले) गर्दा यात्रुहरू अलपत्र पर्ने क्रम बढेको छ । विमान कम्पनी तथा चालकहरूले विविध प्राविधिक कारण देखाई यात्रु नभरिँदासम्म उड्न नमान्दा यात्रुहरू घण्टौं अत्रपत्र पर्ने गरेका हुन् ।

Muktinath Bank

बुधबार धनगढीबाट काठमाडौंका लागि बिहान ८ :४० बजे उड्ने तय गरिएको बुद्ध एयरको विमान करिब साढे ३ घण्टा ढिला गरी ११ : ४० बजे काठमाडौंका लागि उडेको थियो । बिहान ८ बजेदेखि विमानको पर्खाइमा रहेका एक यात्रुले ३ घण्टापछि उड्ने विमानले ८ बजेको टिकट दिएर आफूलाई अलपत्र पारेको भन्दै आक्रोश पोखे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नाम नबताउने शर्तमा उनले भने, ‘बिहानदेखि कुरियो, समय तय गरेर समयमा उडान नभर्ने विमान सञ्चालकहरू नाफाको नाममा यात्रुलाई दुःख दिइरहेका छन्, बसमा जानु र हवाई यात्रा गर्नु के फरक भयो र ?’


Advertisment
Nabil box
Kumari

बुद्ध एयरका धनगढी एजेण्ट ट्राभल व्यवसायी पदमविक्रम शाहले विमान कम्पनीहरूले प्रविधिक कारण देखाएरै डिले गर्ने भएकाले अन्य कारणबारे भने त्यतिधेरै थाहा नभएको बताए ।

Vianet communication
Laxmi Bank

बुद्ध एयर, सौर्य एयर, यति एयर, सीता एयर, समिट एयर, सिम्रिक एयर, फिस्टेल एयर, श्री एयर लगायतका निजी विमानहरूमा यस्तो समस्या देखा परेको यात्रुहरू बताउँछन् ।

विमान सञ्चालकहरू ३० प्रतिशतभन्दा बढी यात्रु भएपछि मात्रै उडान गर्छन् । जसका कारण टिकट काटिसकेका यात्रुले अन्तिम यात्रुलाई कुर्नुपर्ने बाध्यता छ । तर सञ्चालकहरू भने प्राविधिक समस्या नै भएको दाबी गर्छन् । 

वायु सेवा सञ्चालक संघका सचिव एवं मनाङ एयरका सञ्चालक राजु न्यौपानेले जहाज थपिइरहँदा विमानस्थलको व्यस्थापन र ट्राफिक व्यवस्थापन प्रमुख समस्या भएको बताए ।

न्यौपानेले भने, ‘जहाजहरू बढिरहेका छन्, विमानस्थलको व्यवस्थापन गर्न सकिएको छैन, एयर ट्राफिक व्यवस्थापनमा पनि समस्या छ, रुटको समस्या छ, यी सबै प्राविधिक समस्या समाधानमा सरकार लाग्नुपर्छ, डिले हुने यीनै समस्याले हो ।’ 

उनले कुनै पनि विमान यात्रु नभरिएर डिले नभएको दाबी गरे ।  

नेपालको घरेलु उडानमा नै डिलेको समस्या बढी खेपिरहेका बेला अहिले नै एयर ट्राफिकको समस्या भने नभएको जानकारहरू बताउँछन् ।

जानकारहरूका अनुसार भिजिबिलिटी समस्या भएका बेलाबाहेक खासै ठूलो प्राविधिक समस्या घरेलु उडानमा खेप्नु पर्दैन ।

बुद्ध एयरको विमान उड्न ढिलाइ  भएपछि धनगढी विमानस्थलमा अलपत्र परेका यात्रुहरू,  विमान उड्न डिलाइ हुँदा धनगढी  विमानस्थलमा यात्रुहरूले ३ घण्टा कुर्नुपरेका थियाे ।


hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x