०९ असार २०८३, मंगलबार

धूलोसहितको तूफान चल्दा भारतमा लगभग १०० को मृत्यु

बैशाख २०, २०७५
धूलोसहितको तूफान चल्दा भारतमा लगभग १०० को मृत्यु

काठमाडौं, २० वैशाख – भारतको उत्तर प्रदेश र राजस्थानमा धूलोसहितको चर्को तूफान चल्दा कम्तीमा ९५ जनाको मृत्यु भएको छ । 

बुधवार चलेको तूफानले बिजुलीका लट्ठा लडायो, रुख उखेल्यो, घर ध्वस्त पा–यो र पशुहरू मा–यो ।

धेरै मानिस त घरमै सुतिरहेको बेलामा मरे । चर्को चट्याङका कारण उनीहरूको घर ध्वस्त भयो । 

भारतका यी क्षेत्रमा धूलोसहितको तूफान सामान्य घटना हुन् तर यति धेरै हताहती भएको पहिलोपटक हो । 

आगरामा मात्र ४३ जना मारिए । अधिकारीहरूका अनुसार, मृत्यु संख्या बढ्ने सम्भावना छ ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्