×

NMB BANK
NIC ASIA

३८ सय किलो सुनले तस्कर मालामाल, राज्यको डेढ अर्ब राजस्व गुम्यो

बैशाख २०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २० वैशाख–३३ किलो सुन प्रकरणको चर्चा चुलिएका बेला चुडामणि उप्रेती ‘गोरे’ समूहले नै पछिल्ला चार वर्षमा ३८ क्विन्टल सुन भन्सार छल्दै नेपाल भित्र्याएको तथ्यले राजस्व विभाग तथा गृह प्रशासन झसंग भएको छ ।

Muktinath Bank

लामो समयदेखि प्रहरी अधिकृत, सुरक्षा गार्ड, विमानस्थलका कर्मचारी मिलेर बनेको गोरेको गिरोहले नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलबाट यति ठूलो परिमाणमा सुन तस्करी गरेको तथ्य बाहिरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

३३ केजी सुन प्रकरणको छानबिन गर्न गठित समितिले विभिन्न स्थानबाट बरामद गरेका फाइलमा चार वर्षयता नेपालमा संगठितरूपमा सुन तस्करी गरिरहेका गोरेको योजनामा ४ सय २१ पटक विभिन्न परिमाणमा सुन तस्करी भएको खुलेको हो । साढे ४ वर्षमा झण्डै ३८ क्विन्टल सुन तस्करी भएको समितिको निष्कर्ष छ ।


Advertisment
Nabil box
Kumari

जिल्ला  सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत मोरङमा दायर गरेको मुद्दाको अभियोगपत्रमा ‘गोरे’को समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड कार्यालयमा तत्कालीन समयमा कार्यरत प्रहरी नायव महानिरीक्षक गोविन्दप्रसाद निरौला, प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्री, प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायव उपरीक्षक सञ्जय राउत समेतलाई आर्थिक लाभ उपलब्ध गराई सुन चोरी पैठारी गरेको उल्लेख छ ।

Vianet communication
Laxmi Bank

यी प्रहरी अधिकृतले आफ्ना सरकारी कार्यकक्ष, साधन, स्रोत, जनशक्ति र फोर्सको लजिष्टिक लगायत ड्राइभर र व्यक्तिगत सुरक्षा गार्डलाई आपराधिक समूहको गतिविधिमा उपयोग गर्न दिएको अभियोगपत्रमा उल्लेख छ ।

साढे एक खर्बभन्दा बढी राजस्व गुम्यो

पछिल्लो चार वर्षमा गोरे समूहले अवैधरूपमा भित्र्याएको सो सुनबाट करीब साढे १ *अर्बभन्दा बढी राजस्व गुमेको छ ।

२०७० सालयता अवैधरूपमा भित्रिएको सो ३८ क्विन्टल (३ हजार ८ सय किलोग्राम) सुन तस्करीमार्फत् नेपाल भित्र्याउँदा प्रचलित भन्सार दरअनुसार १ अर्ब ५९ करोड ६० लाख बराबरको राजस्व छली भएको हो ।

प्रचलित भन्सार दरअनुसार अहिले एक किलोग्राम सुन भित्र्याउँदा ४ लाख २० हजार राजस्व तिर्नुपर्ने नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले जानकारी दिए ।

उनले भने, ‘अहिले हामीले एक किलो सुन नेपाल ल्याउँदा ४ लाख २० हजार भन्सार तिर्छौं, सो दरअनुसार हिसाब गर्दा ३ हजार ८ सय किलोग्राम सुन नेपाल भित्रिँदा ठूलो राजस्व गुमेको छ ।’

*सच्याइएको

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x