०३ असार २०८३, बुधबार

यातायात व्यवसायीलाई सरकारको फोन, पक्राउ पर्ने डरले गाडी गुडाउन थाले यातायात व्यवसायी

बैशाख २१, २०७५
यातायात व्यवसायीलाई सरकारको फोन, पक्राउ पर्ने डरले गाडी गुडाउन थाले यातायात व्यवसायी

काठमाडौं, २१ बैशाख– सरकारले देशभरका सबै यातायात व्यवसायीलाई धमाधम फोन गर्न शुरु गरेको छ ।  यातायात व्यवसायीहरुको सवारी कहाँ छ ? के गर्दै छन्, आफ्नो सवारी कुन रुटमा पठाएका छन् भन्नेबारे जानकारी दिन यातायात व्यवस्था विभागले फोन गर्न शुरु गरेको हो । 

यातायात व्यवसायीले सकारविरुद्धको लडाइस्वरुप सार्वजनिक यातायात ठप्प पारेपछि सरकारले उनीहरुमाथि निगरानी बढाएको हो । विभागकाअनुसार समितिअन्तर्गत चलिरहेका सिण्डिकेटधारी यातायात व्यवसायी सबैलाई फोन गर्दै अहिलेको अवस्थाबारे जानकारी लिदै गाडी तत्काल सडकमा निकाल्न निर्देशन दिरहेको छ ।  

सरकारले तत्काल गाडी सडकमा ननिकाले सरकारी निर्णयअनुसार पक्राउ गर्न बाध्य हुने चेतावनी पनि दिइरहेको विभागले जनाएको छ ।  सरकारले धमाधम फोन गर्न थालेपछि बिहानदेखि ग्यारेजमा रहेका केही सवारीहरु मध्यान्हदेखि सडकमा गुड्न थालेका छन् ।  

गाडी थन्क्याएर बसेको व्यवसायीलाई सरकारले पक्राउ समेत गर्न थालेको छ ।  अहिलेसम्म देशभरीबाट आधा दर्जन बढी व्यवसायी पक्राउ परिसकेका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्