२४ जेठ २०८३, आइतबार

बाबुरामले दिए अर्थमन्त्रीलाई देङ बन्न सुझाव, बन्लान त खतिवडा स्याओ पिङ ?

बैशाख २५, २०७५
बाबुरामले दिए अर्थमन्त्रीलाई देङ बन्न सुझाव, बन्लान त खतिवडा स्याओ पिङ ?

काठमाडौं, २५ वैशाख– पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले अर्थमन्त्री डा युवराज खतिवडालाई ‘देङ स्याओ पिङ’ बन्न सुझाव दिएका छन् । देङ चीनको आर्थिक विकासका प्रेणता मानिन्छन् ।

बजेट निर्माणको तयारीमा रहेका अर्थमन्त्री खतिवडालाई पूर्वअर्थमन्त्री समेत रहेका भट्टराईले कसैको डर र करकापमा नपरी २० बर्षसम्म दोहोरो अंकको आर्थिक बृद्धिदर हासिल गर्ने बजेट बनाउन सुझाव दिएका हुन् । 

‘अर्थमन्त्रीलाई नयाँ बजेट निर्माण गर्दा कसैको डर र करकापमा नपरीकन प्रमको विश्वास लिएर आगामी २० बर्ष निरन्तर २ अंकको आर्थिक बृद्धिदर हासिल गर्न जे गर्नुपर्छ त्यही गर्ने र नेपालको देङ स्याओ पिङ बन्न आँट गर्ने सल्लाह दिइयो,’ भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘बृद्धिमा जोड वितरणमा ध्यान दिने नीति नै समाजवादउन्मुख हो है !’

सरकारका नीति तथा कार्यक्रम संसदमा पेश हुनु अगाडि अर्थमन्त्री खतिवडाले बुधवार संसदमा प्रिबजेट (आगामी बजेटको प्राथमिकता) पेश गर्दैछन् । बजेटको सम्बन्धमा प्रधामनन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुसंग मंगलवार परामर्श गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्