×

NMB BANK
NIC ASIA

बैंकहरूको चरम लापरवाही, एटीएमबाट ननिस्किएको पैसा समेत खाताबाट गायब !

बैशाख २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २६ वैशाख–

Muktinath Bank

“हतारोमा एटीएम कार्ड चलाएको थिएँ । ‘टेक योर कार्ड एण्ड कलेक्ट योर क्यास’ भन्ने आदेश दियो मेसिनले, खर्‍याङ–खर्‍याङ गरेर ठूलो आवाजमा मेसिन करायो । लौ है अबचाहिँ पैसो निस्क्यो भनेर पैसो निस्किने प्वाल तिर हेरेँ, पैसो दिँदैन त । मोबाइलमा बैंकले एसएमएस पठाइसक्यो ‘तैंले फलानो ठाउँबाट यति पैसा झिकिस्’ भनेर । फेरि पुरक मेसेज आयो ‘तेरो पैसा फिर्ता भो भनेर । पैसा अति जरुरी थियो । फेरि कार्ड घुसाएँ र पूरा गर्नुपर्ने विधि सबै पुर्‍याएँ । फेरि उही आदेश अनि आवाज । पैसा निक्लिने प्वाल खुल्दै खुलेन । फेरि एसएमएसले उही कुरो दोहोर्‍यायो । यो सोमबारको कुरो हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलबार बिहान ब्यालेन्स चेक गरेँ, अकाउन्टबाट गायब । बैंकमा गएर बुझ्दा ४५ दिनमा मात्र पैसा फिर्ता हुन्छ, भन्ने जवाफ आयो । अनिकालको पैसा ४५ दिन बैंकले निर्ब्याजी चलाउने भयो । आफ्नो गोजी रित्तो छ । गल्ती तिनको, सास्ती मैले भोग्नु पर्ने यो के चाला हो ? बुझ्नै सकिनँ, यस्तै रहेछ बैंकको चलन ।”


Advertisment
Nabil box
Kumari

यो गुनासो हिमालयन बैंकका एकजना ग्राहक चन्द्र तामाङको हो । उनले हिमालयन बैंकको एटीएम भिजा कार्ड ग्लोबल आईएमई बैंकको एटीएम मेसिनमा प्रयोग गर्दा यो समस्या देखिएको हो ।

Vianet communication
Laxmi Bank

यो एक प्रतिनिधिमूलक घटना मात्रै हो । यसरी एउटा बैंकको भिसा कार्ड आफ्नो बैंकभन्दा अर्को बैंकको एटीएम मेसिनमा प्रयोग गर्दा बैंक खाताबाट पैसा घट्ने, पछि फिर्ता भएको जानकारी आउने, तर समयमा खातामा पैसा फिर्ता नहुने समस्या पछिल्लो समय बढिरहेको छ ।

माथिको समस्याको विषयमा हिमालयन बैंकसँग बुझ्दा कहिलेकाँही यस्तो समस्या आउने, तर प्रक्रियामा जाँदा लामो समय लाग्ने जवाफ आयो । एटीएम शाखाका एक कर्मचारीका अनुसार बैंकको भिसा कार्ड अर्को बैंकको एटीएमममा प्रयोग गर्दा कहिलोकाँही पैसा दिँदैन, तर तत्काल खाताबाट पैसा घट्छ । कुनैबेला तत्काल पैसा फिर्ता हुन्छ, फिर्ता नभए सम्बन्धित बैंकलाई भन्नुपर्दा ढिलाइ हुन्छ ।

छिटो छरितोका लागि हतारका बेला प्रयोग गर्ने एटीएमबाट यसरी पैसा कयौं दिन गायब हुँदा बैंकले समाधानका बारेमा भने सोच्दैन ।

निजी क्षेत्रका बैंकहरूको छाता संगठन नेपाल बैंकर्श एसोशिएनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले यो प्राविधिक समस्या भएकाले बैंकहरूले भनेजति छिटो समाधान गर्न नसक्ने बताए ।

उनले लोकान्तरसँग भने, ‘यो प्राविधिक समस्या हो, कहिलेकाँही सबै बैंकहरूले यो समस्या बेहोर्नुपरेको हुन्छ, ग्राहकलाई मात्रै होइन यसले बैंकहरुलाई पनि झन्झटमा पारिरहेको हुन्छ ।’

लामो समयदेखि देखिइरहेको यो समस्याबारे बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले चासो दिएको देखिँदैन । राष्ट्र बैंकले पनि यसलाई प्राविधिक समस्या भन्ने, तर समाधानका लागि चासो नदेखाउने गरेको छ ।
राष्ट्र बैंकका निर्देशक नारायण पौडेलले लामो समयदेखि देखिएको यस्तो समस्या देखिएको स्वीकार्दै यो त सम्बन्धित बैंककै समस्या हो भन्ने जवाफ दिए ।

उनले लोकान्तरसँग भने, ‘यो समस्या प्राविधिक हो, नीतिगत समस्या होइन, सम्बन्धित बैंकसँग बुझ्नुस् ।’

नेपाली बैंकिङ प्रणाली प्रविधिमा अझै पनि पूर्ण अभ्यस्त हुन नसक्दा समयमा यस्ता समस्या समाधान नहुने जानकारहरू बताउँछन् ।

यसका लागि नियामक निकायले चनाखो भई समाधानका लागि नीति बनाउनुपर्नेमा विज्ञहरूको जोड छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x