२८ जेठ २०८३, बिहीबार

स्थानीय निकायमा यथाशीघ्र कर्मचारी पठाइने

बैशाख २७, २०७५
स्थानीय निकायमा यथाशीघ्र कर्मचारी पठाइने

हेटौँडा, २७ वैशाख - संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय निकायलाई सबल एवं चुस्त बनाउन यथाशीघ्र कर्मचारी पठाउने कार्य भइरहेको बताउनुभएको छ । 

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग आज अपराह्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्ताका क्रममा मन्त्री पण्डितले निजामती कर्मचारीलाई सरकारले दिएको मार्गनिर्देशन आत्मसात् गरी जनताको सेवाका लागि समर्पित हुन आग्रह गर्नुभयो । 

त्यस अवसरमा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले आगामी आव २०७५÷०७६ का लागि ल्याउन लागेको बजेट तथा विकास योजनाको सिलिङ्ग एवं आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउन मन्त्री पण्डितसँग आग्रह गर्नुभयो । उहाँले प्रदेश सरकारले १३ जिल्लाका मागबमोजिम सडक यातायात, कृषि, ग्रामीण विद्युतीकरण र खानेपानीलाई उच्च प्राथमिकता दिने जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्