३० असार २०८३, मंगलबार

मोदीको सरप्राइज ल्यान्डिङ, हेलिकप्टर भनेर विमानबाट ओर्लिए !

बैशाख २८, २०७५
मोदीको सरप्राइज ल्यान्डिङ, हेलिकप्टर भनेर विमानबाट ओर्लिए !
फाइल फोटो

जनकपुर, २८ वैशाख–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एयर इण्डियाको क्षेत्रीय विमानमार्फत् जनकपुर आइपुगेका छन् ।

भारतीय वायु सेनाको हेलिकप्टरमा आउने भनिए पनि मोदी एयर इण्डियाको विमानबाटै जनकपुर आएका हुन् ।

मोदी निर्धारित समयभन्दा झण्डै आधा घण्टा ढिलो जनकपुर अवतरण गरेका हुन् । बिहान सवा १० बजे जनकपुर आउने भनिए पनि मोदी बिहान पौने ११ बजेको जनकपुर विमानस्थलमा अवतरण गरेका हुन् ।

सरप्राइज ल्यान्डिङ !

मोदी आएको विमान जनकपुर विमानस्थलमा केहीबेर रोकिएपछि मात्र मोदी ओर्लिएका थिए । त्यसअघि नै उनको भ्रमण दलका अन्य सदस्यहरू ओर्लिसकेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्